www.tandavnews.com
Fact ~ In search of truth

गैह्रापाटनमा दिउँसै चोरी, पेन्सन पट्टा र बैंकको चेक सम्म छाडेन चोरले

पोखरा
ताण्डव न्यूज ।

पोखरा–४, गैह्रापाटन स्थित एकघरमा दिउँसोको समयमा चोरी भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४, घर भई हाल गैह्रापाटन बहालमा बस्दै आएकी शारदा कार्कीको कोठाबाट उनको श्रीमान ईश्वर बहादुर खत्री क्षेत्रीको नेपाली पेन्सन पट्टा र नेपाल बैंक लिमिटेड बगर शाखाको चेक बुक चोरी भएको हो ।

Batas

घटना भदौ ६ गतेको हो । घरमा दिउँसो कोही पनि नभएको मौका छोपि कोठाको ढोका र भित्र रहेको दराज फोरेर झण्डैं तोला सुन र केही नगद रुपैयाँ समेत चोरी भएको पीडित कार्कीले जनाईन ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिइएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको र चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेकाे जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.