www.tandavnews.com
Fact ~ In search of truth

२४ आै‌ आर्दश कप भाद्र २० देखि

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगर–२९, स्थित भण्डारढिक मैदानमा यही भाद्र २० गते देखि २४ औं आर्दश कप–०७५ आयोजना हुने भएको छ ।

हिन्दू नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा आर्दश युवा क्लबले ‘रिद्धि सिद्धि सिमेन्ट २४ औं आर्दश कप–०७५’ नाम दिई कार्यक्रम आयोजना गरेको हो ।

Batas

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष लक्ष्मण भण्डारीले प्रतियोगितामा ए–डिभिजन, विभागिय क्लबहरु समेतमा उपस्थितीमा भव्य खेल प्रदर्शन हुने बताए ।

‘प्रतियोगिताले खेलाडीहरुको स्तर एवं मनोबल बृद्धि हुनेछ,’ क्लबका अध्यक्ष भण्डारीले भने, ‘फुलबल खेलबाट नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्न समेत आयोजनाले अहम् भूमिका खेल्ने छ ।’
खेल पर्यटनको विकासमा प्रतियोगिताबाट महत्वपूर्ण योगदान दिने उद्देश्य रहेको क्लबका सचिव पदम गुरुङले जनाए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ३ लाख, द्वितीय पुरस्कार रु. २ लाख र खेल अवधि भर अनुसासित खेल प्रदर्शन गर्ने टिमलाई सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट हुनेलाई नगद रु. २५ हजार सहित मेडल र प्रमाण पत्र दिइने छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेन्स, गोलरक्षकलाई नगद रु १० हजार सहित मेडल र प्रमाण पत्र सहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ । साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई रु ५ हजार रुपैयाँको समेत पुरस्कार व्यवस्था रहेको छ ।

प्रतियोगिता आयोजनाका लागि ५० लाख खर्च अनुमान गरिएको छ भने, खेल हेर्नको लागि टिकटको व्यवस्था गरिएको जनाइएको छ । प्रतियोगिता २७ गतेसम्म चल्ने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.