www.tandavnews.com
Fact ~ In search of truth

पोखरा थिएटरमा ‘खबर हराएको चिठी’

पोखरा ।

पोखरामा नाटक ‘खबर हराएको चिठी’ मञ्चन शुक्रबारबाट शुरु भएको छ । नाटक भाद्र १० गतेसम्म पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्र्धव नाटकघरमा मञ्चन हुनेछ ।

नाटक भोली शनिबार दिउसो १ बजेर साँझ ५ बजे गरी दूई सो मञ्चन हुनेछ । आइतबार भने साँझ ५ बजे अन्तिम सो को रुपमा नाटक देखाइनेछ । मण्डला थिएटर नेपाल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन पोखरामा भएकोे हो ।

Batas

सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका नागरिकहरु तथा तीनका परिवारले भोगीरहेका समस्या सम्बन्धी विषयमा नाटक केन्द्रित छ । १२ जना निर्देशक मिलेर तयार पारेको चार फरक कथालाई जोडेर नाटक तयार भएको हो । परिवारको समस्या बारेको कथाको नाटकमा नेपालका विभिन्न ठाउँका कलाकारको अभिनय हेर्न पाइनेछ ।

नाटकमा किरण चाम्लिङ राई, चेतन आङथुपो, आकाक्षा कार्की, रेनुका कार्की, पत्रिका घिमिरे, पशुपती राई, परिवर्तन, चे शंकर, सुदाम सिके, सिजन दाहाल, केदार श्रेष्ठ, सोनाम लामाले लेखन निर्देशन र अभिनय गरेका छन् । साथमा पोखरा थिएटरका कलाकारले समेत अभिनय तथा व्यवस्थापनमा सघाएका छन् । बिमल सुवेदीको सहजिकरण र राजन खतीवडाको संयोजनमा नाटक तयार भएको हो । बारात लिम्बुले ध्वनि संयोजन गरेका छन् ।

नाटकको शान्ती सल्लाहकारको रुपमा सोमनाथ खनाल, माइकल थोनहाउसर, दृश्यमा विकास जोशी र वित्तिय व्यवस्थापकमा गोविन्द पराजुली रहेका छन् ।

मण्डला थिएटर नेपालको आयोजनामा भएको नेपालका युवा निर्देशकहरुको कार्यशालामा सहभागी भएका निर्देशकले तयार पारेको नाटकल् दर्शकको ध्यान खिच्न सफल बनेको छ । कार्यशालामा देशभरबाट १४ जना निर्देशकले सहभागीता जनाएका थिए ।

पोखरा पश्चात यो नाटकलाई बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मञ्डला थिएटर काठमाण्डौमा मञ्चन गरिने नाटकका शान्ति सल्लाहकार सोमनाथ खनालले जनाए ।

नाटक हेर्न सर्वसाधरणका लागि ३ सय र ५ सय तथा विद्यार्थीका लागि २ सय रुपैयाँ शुलक लाग्ने पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.