काठमाडौँ ।
कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् ।
यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् ।

उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्रा डा तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरु सूूर्यरत्न गुभाजु, प्रा डा रञ्जना गुप्ता, प्रा डा रमेशकुमार श्रेष्ठ, प्रा डा कुमार सापकोटा तथा प्रा डा नन्दबहादुर सिंह रहेका छन् ।
प्रा डा नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाइएको बताए। -रासस
–––
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.