www.tandavnews.com
Fact ~ In search of truth

तेस्राे बुल्समेन राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिताको भब्य तयारी

पोखरा ।

पोखराको खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल बुल्समेन क्लबले पोखरामा भदौ १५ र १६ गते आयोजना गर्ने “तेस्राे मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप २०७५” को भब्य तयारी भइरहेको क्लबले जनाएको छ ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नुना गुरुङले प्रतियोगिता बारे जानकारी गराउँदै प्रतियोगितामा करिब २० जिल्लाका १ सय भन्दा बढी पुरुष र महिला तर्फ करिब १५ जना खेलाडीको सहभागिता रहने जानकारी दिए । अध्यक्ष गुरुङले प्रतियोगितामा बिदेश स्थित नेपाली एनआरएन खेलाडीहरुले पनि सहभागिता जनाउने छन् ।

Batas

प्रत्येक दुइ वर्षको अन्तरालमा आयोजना हुने यस प्रतियोगितामा पुरुष तर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दा माथीको तौल क्याटोगरिमा प्रतिष्पर्धा गराइने छ । यसै गरि महिला फिटनेश तर्फ भने शरिरको उचाइ अनुसार प्रतिष्पर्धा गराइने भएको क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रंगशाला स्थित नवनिर्मित बहुउद्धेश्यिय कभर्ड हलमा हुने भएको छ ।

प्रतियोगितामा प्रत्येक तौल क्याटोगरीमा पुरुष तर्फ प्रथम, द्वितिय र तृतियलाई नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने टाइटल बिजेत मिष्टर बुल्समेनलाई नगद ३ लाख प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । यसै गरि महिला तर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमश नगद ४० हजार १ सय ११, ३० हजार १ सय ११ र २० हजार १ सय ११ का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिव ४० लाख खर्च लाग्ने जानकारी दिंदै अध्यक्ष गुरुङले प्रतियोगिता बाट बचत भएको रकमले पोखरा रंगशालामा शारिरिक सुगठनखेलमा यूवाहरुलाई आर्कषित गराउन एक आधुनिक व्यायमशाला निर्माण गरिने बताए । प्रतियोगिताका लागि देश विदेश बाट समेत अर्थिक सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै बुल्समेन क्लबका संरक्षक एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङले बुल्समेनले पोखराको खेलकुद र सामाजिक क्षेत्रमा आफूलाई स्थापित गर्दै युवाहरुलाई रोजगारी मुखी बनाउन समेत प्रेरणा जगाएको बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.