www.tandavnews.com
Fact ~ In search of truth

फूलबारीमा महिलालाई यौनरोग सम्बन्धी प्रशिक्षण

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगर वडा नं. ११ फूलबारीमा महिलालाई यौनरोग सम्बन्धी प्रशिक्षण दिइएको छ । महिलामा देखिने यौनरोगबारे गण्डकी मेडिकल कलेका प्राध्यापक डा. सरस्वती न्यौपाने शर्माले प्रशिक्षण दिएकी हुन् ।

पोखरामा सञ्चालित नारी जागरण अभियानका क्रममा फूलबारीमा महिलालाई स्वास्थ्य अधिकारका साथै यौनरोगबारे प्रशिक्षण दिएको हो । त्यस अववसरमा महिलामा देखिने यौनरोग सम्बन्धी समस्याबारे सहभागीले जिज्ञासा राखेका थिए । सहभागीका जिज्ञासाको जवाफ दिँदै डा. न्यौपानेले महिलाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने खाँचो औंल्याइन् ।

Batas

असुरक्षित यौन सम्पर्क र सरसफाइको अभावमा महिलामा धेरै यौन रोगको समस्या देखिने भन्दै उनले सरसफाइ, सुरक्षित यौन सम्पर्क र नियमित स्वास्थ्य परीक्षण गर्न जोड दिइन् । पुरुष साथीका कारण पनि महिलामा यौनरोगको समस्या देखिने भन्दै महिला र पुरुष दुबैले यौन रोगका विषयमा संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको सहजीकरण गर्दै फिस्टेल नर्सिङ क्याम्पसका प्रिन्सिपल जीता बरालले महिलाहरु लाजका कारण कतिपय रोगसमेत खुलाउन नसकेको बताइन् । महिला र पुरुष बराबर रहेको भन्दै उनले सबै समस्या खुलाउनुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा बोल्दै वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोलाले महिला जागरण अभियानका क्रममा महिलालाई सचेतना जगाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले अभियानलाई निरन्तरता दिन आग्रह गर्दै आप्नो वडामा आगामी दिनमा पनि यस्ता जागरण अभियान चलाउन आग्रह गरे ।

अभियानका संयोजक अञ्जु केसीले महिलाहरु सचेत भएर उद्यमशीलताको विकास गर्नुपर्ने धारणा राखिन् । उनले महिलाहरु घरमा सीमित नभई बाहिर निस्केर सामाजिक, आर्थिक र राजनीतिक काममा क्रियाशील हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै वडा नं. ११ का वडा सदस्य तीर्थ गुरुङले महिलाहरु सधै पछाडी परेको भन्दै अब जाग्नुपर्ने बेला आएको बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.