www.tandavnews.com
Fact ~ In search of truth

तायाःमचा नृत्य प्रतियोगिता तथा सांस्कृतिक महोत्सवको तयारी पूरा

पोखरा
ताण्डव न्यूज ।

गाईजात्राको अवसरमा पोखरामा हुन गईरहेको तायाःमचा नृत्य प्रतियोगिता तथा सांस्कृतिक महोत्वस–०७५ को तयारी पूरा भएको छ ।

भाद्र १५ र १६ गते हुने महोत्सवको तयारी पूरा भएको तायाःमचा नाच समिति–३ ले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

Batas

समितिका नि.व अध्यक्ष बिक्रम उदासले महोत्सवको बारेमा जानकारी गराउँदै यसपालिको महोत्सव पहिलेको तुलनामा भव्य रुपमा सम्पन्न गरिने जनाए । ‘अघिल्लो वर्ष २२ टोलिको सहभागिता थियो,’ उनले भने, ‘यसपालीको महोत्वसमा २८ टोलिले सहभागिता जनाउँदै छन्, ।’

महोत्सवबाट प्रथम हुने पुरुष तर्फको टोलिलाई २० हजार रुपैयाँ र प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै महिलातर्फको उत्कृष्ट एक टोलिलाई १५ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम अध्यक्ष श्रीकृष्ण कतिलाले जानकारी दिए ।

यस्तै, महोत्सवमा उत्कृष्ट जोकर, बाँदर प्रहसन गर्नेलाई दुई हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सो अवसरमा १५ गते नेवारी फुड फेष्टिभलको समेत आयोजना हुने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.