पोखरा
ताण्डव न्यूज ।
पोखरा–८, न्यूरोड महानगरपालिका पछाडिपट्टी अवस्थित कञ्चन कम्प्यूटर सेवामा आज दिउँसो आन्तरिक राजश्व कार्यालय पोखराले छापा मारेको छ ।
कञ्चन कम्प्यूटरले सेवाग्राहीलाई भ्याट बिल जारी नगरेको गुनासोको आधारमा छापा मारिएको राजश्व कार्यालयका प्रमुख कर अधिकृत केशव उप्रेतीले जानकारी दिए ।

राजश्व कार्यालयबाट खटिएको टोलिले कञ्चन कम्प्यूटरले विलिङ गर्दै गरेको कम्प्यूटरको सिपियू समेत जफत गरेको छ ।
कञ्चन कम्प्यूटरलाई राजश्व कार्यालयले पत्र काटेर कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ ।
डाटा स्टोरेज सिपियू नियन्त्रणमा लिइएकाले विस्तृत अध्ययन गरी अन्य कारवाही प्रक्रियामा अघि बढिने आन्तरिक राजश्वले जनाएको छ ।
उक्त कम्प्यूटर सेवाको त्रुटि अनुसार कारवाहीको प्रकृति तोकिने प्रमुख उप्रेतीले ताण्डव न्यूजलाई जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.