www.tandavnews.com
Fact ~ In search of truth

क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा ।

अनौपचक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय, पोखराको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) अन्र्तगत कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेका विद्यालयहरूमा गठित बालअधिकार चेतना समूहका सदस्य र संरक्षक शिक्षकहरूलाई बालअधिकार सम्बन्धी तालिम दिइएको इन्सेक गण्डकी प्रदेश पोखरा संयोजक शिव खकुरेलले जानकारी दिए ।

Batas

तालिमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीका लागि बालअधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेर बालअधिकारको प्रर्बद्धन र बालअधिकार सम्बन्धी शिक्षा प्रदान गरेकोमा इन्सेकलाई धन्यवाद दिए । बालअधिकार उल्लंघनका घटनालाई न्यूनिकरण गर्नका लागि सबैको निगरानी आवश्यक रहेको प्रमुख बुढाको भनाइ थियो ।

शान्तिका लागि नागरिक समाजका अध्यक्ष विष्णु बरालले बालबालिकाहरूलाई अधिकारको सँगसँगै कर्तव्य र दायित्वका बारेमा समेत सचेत गराउनु पर्ने बताए ।

गैरसरकारी संस्था महासंघ, कास्कीका अध्यक्ष पदमराज पहारीले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सके जीवनमा महत्वपूर्ण परिर्वतन ल्याउने हुँदा सिर्जनात्मक काममा विद्यार्थीहरूलाई अग्रसर हुन आग्रह गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत रेखा बास्तोलाले बालअधिकारको पूर्ण उपयोगको सुनिश्चितता गर्नु राज्य तथा घर, परिवार समाज सबैको दायित्व भित्र पर्ने बताइन् ।

पोखरा महानगरपालिका सामाजिक विकास शाखा प्रमुख कल्पना सापकोटाले गाउँगाउँमा पुगेका स्थानीय सरकारले पनि बालबालिकाको क्षमता अभिवृद्धिका लागी भुमिका खेल्नुपर्ने धारणा राखिन् ।

मानव अधिकार निगरानी समूह कास्कीका अध्यक्ष श्यामनाथ कुवँरले विद्यालयले उत्कृष्ट तवरबाट बालमैत्री शिक्षणको विकास गर्नुपर्ने बताए ।

महिला मानवअधिकार रक्षक संजाल, कास्कीका उपाध्यक्ष तारामाया थापा तालिमको लागि तालिम मात्रै नभइ तालिममा सिकेका ब्यवहारिक रूपमै कार्यान्वयन गर्न बालबालिकालाई आग्रह गरिन् ।

कार्यक्रममा बालअधिकारको ऐतिहासिक विकासक्रम र बालअधिकार महासन्धीका विषयमा पोखरा महानगरपालिका सामाजिक विकास शाखा प्रमुख कल्पना सापकोटा, इन्सेक परिचय बालअधिकार चेतना समुहको काम कर्तव्य र अधिकार साथै कार्य योजनाको विषयमा इन्सेक गण्डकी प्रदेश कार्यालयका कार्यक्रम संयोजक सवनम शर्मा, मानवअधिकार र बालअधिकार विषयमा इन्सेक प्रदेश संयोजक शिव खकुरेल र बालअधिकार सम्बन्धी ऐन २०४८ तथा नेपालको संविधान २०७२ मा बालअधिकार र बाल संरक्षण नीतिका विषयमा अधिवक्त कुन्जनी परियारले सहजीकरण गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.