www.tandavnews.com
Fact ~ In search of truth

बडी बिल्डिङले राष्ट्रको नाम चम्काउन सक्छ

पोखरा
ताण्डव न्यूज ।

तेस्रो मिस्टर बुल्स मेन यहि भदै १५ र १६ गते पोखरामा हुन लागेको छ । राष्ट्रिय स्तरको बढी बिल्डिङ टुर्नामेन्टल कार्यक्रम यसमा बिशेष गरि लेडिज फिटनेस रहेको छ । ६ वटा क्याटगोरिमा ५५, ६०, ६५, ७५ अनि ७५ प्लस रहेर लगभग १०० देखि १५० जना खेलाडी सहभागिता हुन्छन् । यसमा महिलाहरुमा एउटै क्याटागोरी हुन्छ जसमा लगभग २० देखि २५ जना महिला सहभागिता रहनेछन् ।

प्रतियोगितामा हरेक क्याटगोरीबाट प्रथम हुने खेलाडीहरुलाई ओभरल च्याम्पियन बनाइएको हुन्छ । यसमा च्याम्पियन हुनेलाई (मिस्टर नेपाल) मिस्टर बुल्स मेनको टाइटल सहित ३ लाख पुरस्कार दिइनेछ । महिला खेलाडीहरुलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

Batas

शारीरिक सुगठन र फिटनेस लगभग एउटै क्याटागोरीमा पर्ने खेल हो । स्पोर्ट एउटा खेल हो, जिमबाट आउने एउटा स्पोर्ट भनेको ओएइ लेफ्टिङ, पाओर लेफ्टिङ विभिन्न अरु गेमहरु छ । तर बढी बिल्डिङ फिटनेसको एउटा पार्ट हो ।

फिटनेसका लागि जिम नै धाउन पर्छ भन्ने छैन् । जिम भन्दा पनि फिट हुनका लागि खानाको सन्तुलन मिलाउन पर्छ । स्वास्थ्य शरीरका लागि जिमले २० प्रतिशत काम गरेको हुन्छ भने खानाले ८० प्रतिशत काम गरेको हुन्छ ।

अहिले अरु स्पोर्ट भन्दा पनि युवायुवतीहरु मात्र नभई अलिकति एज पुगेकाहरुमा पनि जिमको आकर्षण बनेको छ । किनकी उमेर ढल्किदै गएपछि अरु गेम खेल्न सकिदैन् । ब्याटमिटन, फुटबल, बास्केटबल खेल्नका लागि मसल्सहरु कमजोर भएका हुन्छन् । त्यसैले पनि जिम हरेक मानिसहरुको लागि उपयुक्त रहेको छ ।

जिममा आउने मानिसहरु प्राय सबै जिरो लेबलबाट नै आएका हुन्छन् । पातलो, मोटो दुवै खाले शरीर भएका मानिसहरु आउँछन् । पातलो शरीर भएका मानिसहरु ओएट गेन गर्नेका लागि आउँछन् भने मोटो मानिसहरु शरीर पातलो बनाउनका लागि आएका हुन्छन् । जिम जस्तो शरीर भएका मानिसहरुले पनि गर्न सक्छन् । मेक्सिमम जिम आउने प्राय मानिसहरु कमजोर नै आउने गरेको पाइन्छ । फिजिकल्ली नै कमजोर भएका हुन्छन्, मोटो मान्छे बलियो हुन्छ भन्ने एउटा भ्रम मात्र हो । किनकी उनीहरुको स्टामिना कम पनि हुन्छ भने पातलो मान्छेको स्टामिना बढी हुन पनि सक्छ ।

शारीरिक सुगठनको निकै ठुलो महत्व रहेको छ । शारीरिक सुगठन हरेक स्पोर्टसँग सम्बन्धित छ र यो जिमको एउटा पार्ट पनि हो । शरिरलाई वास्तवमा खानाले नै सन्तुलनमा राख्छ । त्यसैले हाम्रो शरिरलाई मेनटेनको लागि उपयुक्त आहारको जरुरी हुन्छ ।

अझैपनि मानिसहरुले खालि फुटबल र भलिबलमा नै भन्छन् बडी बिल्डिङको क्षेत्र कहाँ पुगेको छ भनेर कतिपय मानिसहरुलाई थाहा नै छैन् । त्यसैले बुल्समेनले पनि आफ्नो क्षेत्रमा धेरै नै राम्रो गदै आइरहेको छ । यसको भविष्य पनि धेरै राम्रो रहेको छ ।

बडी बिल्डिङ र फिटनेस एकदम महंगो गेम हो । यसमा लाग्ने धेरै मानिसहरुलाई गाह्रो हुन्छ । त्यसैले पनि स्वास्थ्य सन्तुलित राख्न खानपानमा ध्यान दिनु अति नै आवश्यक पर्दछ । दिनहु नर्मल एक्ससाइज गर्नुपर्छ ।

यस खेलका लागि राज्य स्तरबाट केहि पनि सहयोग भएको छैन् । जसरी भलिबल, फुटबलहरुका लागि राज्यले लगानी गर्छ त्यसैगरी यसमा पनि लगानी गर्नु पर्छ । एउटा गेम जित्नका लागि १० देखि १५ लाखसम्म पर्सनल खर्चमा गर्नुपर्छ ।

अन्य खेललाई जस्तै बडी बिल्डिङमा पनि राष्ट्रले लगानी ग¥यो भने नाम चम्काउन धेरै समय लाग्दैन ।

प्रस्तुतिः विनिता सुनार

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.