
पोखरा
ताण्डव न्यूज ।
नेकपा सम्बद्ध विद्यार्थी संगठनले जनप्रिय बहुमुखी क्याम्पसमा हिजो तालाबन्दी गरेका छन् । फिल्म युनिट रोजको प्रचारको क्रममा क्याम्पस भित्र निर्वाध प्रवेश गराई कक्षा ११ र १२ को पठनपाठन अवरुद्ध गरेको हुँदा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ती जारी गर्दै क्याम्पस प्रमुख विरञ्जी गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
‘शिक्षाको ज्योति छर्ने एक पवित्र शैक्षिक थलोमा चलचित्रको व्यापारिक शिलशिलालाई प्राथमिकतामा राखी स्वतन्त्र विद्यार्थी यूनियनले शिक्षा व्यवस्थालाई नै वेवास्ता गरेको’ जारी विज्ञप्तीमा उल्लेख छ ।

जनप्रिय क्याम्पसका अनेरास्ववियु संगठन विभाग प्रमुख विनय पराजुलीले क्याम्पस प्रशासनलाई फिल्म यूनिट प्रवेश गर्नु अगावै जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको बताए । ‘स्ववियूले नै फिल्म यूनिटलाई व्यापारिक शैलीमा कलेजमा प्रवेश गरायो,’ उनले भने, ‘कुनै विद्यार्थी संघको नाउँमा पठनपाठनमा बिगारेर व्यापार गर्न दिनु सान्र्दभिक होइन ।’

क्याम्पस प्रमुख विरञ्जी गौतमका अनुसार स्ववियु सभापतिसँग फिल्म यूनिटले सम्पर्क गरेर क्याम्पसमा आएको बताए । ‘सो फिल्म टोलि पोखरा आएको रहेछ, बच्चाहरुले सेलिब्रिटीसँग भेट्छन्, क्याम्पसको पनि पब्लिसिटी हुन्छ भनेर ल्याउनु भएछ ।’ उनले भने ।
एक पिरियड पढाई डिस्टर्ब भएको स्वीकार गर्दै प्रमुख गौतमले सोही कारण अन्य विद्यार्थी संगठनले ताला लगाएको ताण्डव न्यूजलाई बताए ।
घटनाको सम्बन्धमा आज दिउँसो ४ बजे क्याम्पसमा आन्दोलित विद्यार्थी संगठन लगायत स्ववियू समेतको रोहवरमा वार्ता बसिने क्याम्पस प्रमुखको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।