www.tandavnews.com
Fact ~ In search of truth

एक्सेसको निशुल्क विद्यार्थी परामर्श ‘फेयर’ भदौ २१ मा

पोखरा
ताण्डव न्यूज ।

गणस्तरीय उच्च शिक्षा हाँसिल गर्ने ध्येयले विदेश जान चाहने विद्यार्थीहरुको यावत् जिज्ञासा मेटाउने उद्देश्य सहित एक्सेस एजुकेसन फेयरको आयोजना गरिने भएको छ ।

एक्सेस एजुकेसन नेटवर्क पोखराले यही भदौ २१ (सेप्टेम्बर ६) गते बिहीवार फेयरको आयोजना गर्न लागेको एक्सेसका पोखरा शाखाका प्रबन्ध निर्देशक राजन भण्डारीले जानकारी दिए ।

Batas

‘फेयर सिटी स्क्वायर बैंक्युट न्यूरोडमा हुनेछ, उनले भने, ‘फेयरमा अष्टे«लिया, न्युजिल्याण्ड र क्यानडाका करिब २६ वटा युनिभर्सिटी तथा कलेजको प्रतिनिधि सहभागि हुनेछन् ।’

फेयरमा विद्यार्थी सहित अभिभावकले पनि कुन देशमा कस्ता युनिभर्सिटी वा कलेजमा कुन विषय पढ्दा भविष्य सुनिश्चित हुनेछ सो बारेमा स्पष्ट हुने गरी जानकारी लिन सक्नेछन् । फेयरमा सहभागि विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.