www.tandavnews.com
Fact ~ In search of truth

क्षमताभन्दा तेब्बर कैदीबन्दी

दमौली ।

जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।

कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले बताए । “शौच गर्न लाइनमा बस्नुपर्ने अवस्था छ,” उनले भने । एउटै कोठामा धेरै कैदीबन्दी राख्दा रोग सर्ने स्थिति छ ।

कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दाका ३५ कैदी, लागूऔषधका १८ थुनुवा, कर्तव्य ज्यान मुद्दाका १४ कैदी, ज्यान मार्ने उद्योगका ११ थुनुवा तथा चोरीमा संलग्न तीन कैदी रहेको जिल्ला कारागारले जनाएको छ ।

यस्तै कारागारमा सवारी ज्यान मुद्दा, कुटपिट, अङ्गभङ्ग, काठ ओसारपसार, बहुविवाह, अपहरण, अखेटोपहार ओसारपसारलगायतका कैदी रहेका छन् । कारागारमा कर्मचारीसमेत अभाव छ । जेठदेखि जेलर पद रिक्त छ ।-रासस

Lama collectio News Middle

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop