www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ : वन खनेर बाटो बनाएपछि वडाध्यक्षले पठाए पत्र

पोखरा
ताण्डव न्यूज ।

पोखरा–२१ लुकुवा सामुदायीक बन क्षेत्र भित्र मोटरबाटो निर्माण गरेपछि वडाध्यक्षले सोचपुछको लागी वनको अध्यक्षलाई पत्रचार गरेका छन् । विना अनुमती त्यहाँ बाटो लगिएको हुनाले यस विषयमा अनुगमन गरेपछि पत्र पठाएको वडाध्यक्ष खगराज आचार्यले बताए ।

‘न वडा बाट बजेट परेको छ न त त्यहाँका समुदायलाई यस बारे थाहा छ,’ उनले भने, ‘दुई चार जनाको सहमतीमा सार्वजनिक क्षेत्रमा बाटो बनाउन पाइदैन् ।’

Batas

machhapuchre
madi

वडाध्यक्ष आचार्यले सोधपुछको लागि लुकुवा सामुदायिक वनका अध्यक्ष खड्गबहादुर नेपालीलाई ७ दिन भित्र उपस्थित हुन भनी भदौ १७ गते पत्र पठाएका हुन् ।

यदी वनको अनुमती विनानै बाटो बनाईएको पाइएमा कानुन वमोजिम कारवाही प्रक्रिया अघि बढाउने अध्यक्ष आचार्यले बताए ।

‘विना अनुमती मोटर बाटो खनिएको भनी म कहाँ मौखिक उजुरी आएपछि मैले स्थलगत अनुगमन गरे,’ उनले भने, ‘त्यसैको आधारमा सोध पुछ जारी छ ।’

वडाध्यक्षले पठाएको पत्र

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.