www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथ सामुदायिक सेवा केन्द्रको नेतृत्वमा ओझा

पोखरा।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवाको अध्यक्षमा रमेश ओझा निर्वाचित भएका छन् ।

अाइतबार सामुदायिक सेवा केन्द्रको बाह्रौ साधारण सभा तथा छैठौं अधिवशेनबाट ओझा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्ष लक्ष्मी प्रसाद ढुंगाना, सचिव त्रिलोचन लामिछाने, सहसचिव विश्वप्रकाश अधिकारी, कोषाध्यक्ष गंगा कुमारी खनाल, सदस्यहरु क्रमशः इन्दिरा ढुंगाना, बुद्धिमाया थापामगर, गणेश प्रसाद ढुंगाना, बुद्धिसागर पौडेल, टिकाराम भुर्तेल, रामराज अधिकारी, दीपक भण्डारी, हरि बस्ताकोटी निर्वाचित भए ।

Batas

कार्यक्रममलाई उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दाङसिंह बोहराले सामुदायिक प्रहरी सेवाले वडासँगको समन्वयमा गरीरहेका चेतनामूलक कार्यक्रमको प्रशसा गरे । उनले सामुदायिक सेवा केन्द्रले अपराध न्यूनिकरणमा समेत समाजलाई अग्रसर गराउन सफल रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर राना, पोखरा २७ वडाध्यक्ष पूर्ण कुमार गुरुङ, पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, पोखरा ३० वडाध्यक्ष श्रीराम पोखरेल, सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोति गिरी, पूर्व अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, निर्वतमान अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, सदस्य बुद्धिमाया थापामगर, लेखनाथ उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष बलराम ढकालले आफ्नो धारणा राखेका थिए ।

अधिवेशन निर्वाचन अधिकृत राममणि अधिकारीको संयोजकत्वमा सम्पन्न भयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.