www.tandavnews.com
Fact ~ In search of truth

फुजेल हत्या हत्याकाण्ड : प्रतिवादीहरूलाई सफाइ दिएसँगै पौडेल रिहा

काठमाडौँ ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो ।

रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारीले स्वागत गरेका थिए । त्यस्तै नेकपाका नेता कार्यकर्ताले पौडेल रिहा भएको खुसीयालीमा करागार परिसरबाट बाजागाजासहितको र्याली निकालेका थिए ।

Lama collectio News Middle

कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।

उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उनी सर्वाेच्च अदालतसमक्ष हाजिर हुनुभएपछि ा डिल्लीबजार कारागार चलान गरेको थियो ।

कारागारबाट रिहा भएलगत्तै पौडेलले पत्रकारसमक्ष उक्त घटनामा ‘‘आफूविरुद्ध तथ्य नबुझेरै उजुरी दिएको, उनीहरुलाई पछुतो नहोस्’’ भन्ने प्रतिक्रिया दिए । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop