www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २४ : चप्पल जोगाउन खोज्दा गयो ज्यान

पोखरा
ताण्डव न्यूज ।

खोला तर्ने क्रममा गुन्जबहादुर बस्नेतको चप्पल बगायो । पोखरा–२४ का ५५ वर्षीय बस्नेतले सोमबार राती करिब ७ बजेतिर लौरुक खोला तर्ने क्रममा उनको चप्पल बगाएकाे थियाे ।

त्यही चप्पल समाउन अघि बढेका बस्नेतलाई खोलाले बगायो । अविरल बर्षाको कारण अन्य दिनको भन्दा खोलाको वेग तिव्र भएको हुनाले बस्नेत जोगिना गाह्रो भयो । डेरीमा दुध्द पुराएर आउदा खोला तर्ने क्रममा उनीलाई बगाएको हो ।

Batas

खोलाले बगाएर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए ।

‘खोला तर्ने क्रममा चप्पल जोगाउदा बगाएको बस्नेतका भतिजले बताए,’ उनले भने, ‘उनको शव पोष्टमार्टको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पुर्याइएको छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.