
पोखरा,
पोखरा लेखनाथ महानगरपालिकाको हेरफेरएपछि महानगरको वेबसाइट पनि परिर्वतन भएको छ । सोमबार राजपत्रमा प्रकशित सूचनामा महानगरपालिकाको नाम परिवर्तन भई पोखरा महानगरपालिका कायम भएकाले सोही अनुसार महानगरपालिकाको नयाँ वेवसाइट www.pokharamun.gov.np सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।
साविक पोखरा लेखनाथ महानगरपालिकाको वेबसाइट www.pokharalekhnahmun.gov.np सञ्चालनमा थियो । पौडेलका अनुसार अब नयाँ वेबसाइटमा महानगरपालिकाका सूचना तथा जानकारी प्रकाशन गरिने छ ।


पोखरा महानगरपालिका कार्यालयबाट सम्प्रेषण हुने विभिन्न सूचना तथा निर्णय वेवसाइटमार्फत् सेवाग्राहीले हेर्न सक्ने महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले बताए । पोखरा महानगरपालिकाको आधिकारिक फेसबुक पेज www.facebook.com/pokharamun र twitter पेज www. twitter.com/pokharamunमार्फत् महानगरपालिकाले गुनासो सुन्ने, सूचना दिने तथा महानगरपालिकाबाट भएको विभिन्न कार्यक्रमको जानकारी गराउँदै आएको छ ।
पोखरा महानगरपालिकाको वेवसाइट मार्फत् सेवाग्राहीले महानगरपालिकाबाट प्रकाशन हुने सूचना तथा समाचार, बजेट तथा कार्यक्रम, योजना तथा परियोजना, कर तथा शुल्क, प्रतिवेदन तथा महानगरबाट प्रकाशित ऐन, कार्यविधि तथा निर्देशिका हेर्न सकिने सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए ।
पोखरा महानगरपालिकाले २ वटा सामाजिक सञ्जाल मार्फत् गुनासो सुन्ने तथा सूचना सम्पे्रषण गर्ने व्यवस्था मिलाएको छ । सामाजिक सञ्जालबाट प्राप्त गुनासो सम्बन्धित महाशाखा र शाखासँग बुझी सूचना अधिकारी मार्फत् गुनासोे सम्बोधन गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।