www.tandavnews.com
Fact ~ In search of truth

तीजमा विगत सम्झँदै देवघाटका वृद्धवृद्धा भन्छन् ‘चाडपर्व नआइदिए जस्तो हुन्छ’

नारायण अधिकारी
चितवन ।

पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् ।

Lama collectio News Middle

कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धाश्रममा बसिरहेका छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा हाल १९ वृद्धा तथा ११ वृद्धले आश्रय लिइरहेका छन् ।

सिन्धुलीकी ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठलाई हिजोआज चाडपर्व आएपछि निकै नरमाइलो लाग्ने गर्छ । उनले भनिन् , “घरबाट लखेटिए पनि चाडपर्व आएपछि झलझली आफन्त सम्झन्छु ।” पन्ध्र वर्षअघि श्रीमानको स्वार्गारोहणसँगै घरबाट निकालिएकी उनी आफन्तको सहारामा वृद्धाश्रम आएकी हो । “तीजको बेला माइत मावल जानु छैन के गर्नु ?” उनले दुःखेसो पोखीन् ।

स्याङजाबाट ६ वर्षअघि आएकी ८६ वर्षीया चन्द्रकला मरासिनीलाई दिदीबहिनीले बोलाउने गरेको भए पनि जान मन लाग्दैन । “आफू १७ वर्षकी हुँदा श्रीमान बितेपछि चाडपर्वमा कहिल्यै रमाइलो भएन,” उनले भनीन् । सासु ससुरा भइन्जेल घरमै बसेको भए पनि उनको निधनपछि जेठाजुका छोरा बुहारीको टोकसो सहन नसकेर उहाँ यहाँ आश्रित भएकी हुन् । “मन रमाइलो भएपो चाडपर्व रमाइलो हुन्छ” उनले भनीन् ।

विगत १५ वर्षदेखि वृद्धाश्रममै बस्दै आएकी ८६ वर्षीया सुभद्रा पुडासैनीलाई तीजको गीत गाएर नाचगान गरेको देख्दा आँशु आउँँछ । झलझली परिवार सम्झने भन्दै उनले भनीन् , “लक्का जवान छोरो बसले किचेर म¥यो, अब मैले कसका लागि रमाइलो गर्ने ।” एक छोरी भए पनि वृद्धाश्रममा ल्याएर राखेपछि भेट्न नआएको उनको गुनासो छ । हेटाँैडा घर भएकी उनलाई श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घरबाट निकालिएको हो ।

भरतपर महानगरपालिका–११ घर भई हाल वृद्धाश्रम बस्दै आएकी ८३ वर्षीया शिवकुमारी शर्मा चाडपर्व नआउँदा नै खुशी लाग्ने बताउछीन् । चाडपर्वले पीडा सम्झाउने भन्दै उनले भनीन् , “हामीलाई के तीज, के दशँै, के तिहार ।”

तन्नेरी हुँदा गरेका रमाइला पल भने उनी सामु अहिले पनि ताजै छन् । आजभोलि नाचगान गर्न नगए पनि गीत बिग्रिएको देख्दा उनलाई राम्रो लागेको छैन । श्रीमान बेपत्ता भएपछि छोराछोरी भएर पनि लखेटिएर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

विसं २०५२ मा खोलिएको सो केन्द्रमा वेसहारा वृद्धवृद्धा राखिँदै आएको छ । केन्द्र हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चाडपर्व आएपछि वृद्धाश्रममा रहेका वुबाआमा निकै नरमाइलो मान्ने गर्नुहुन्छ ।

दाताको सहयोगमा चाडपर्वमा मिठो खानेकुरा खुवाउने तथा लत्ताकपडा दिइने गरे पनि यसले उनीहरूलाई नछुने कोइराला बताउछन् । वृद्धाश्रममा बस्ने क्रममा वृद्ध भएर भण्डै २०० वृद्धवृद्धाको निधन भइसकेको छ ।

देवघाटमै अन्य दुई वृद्धाश्रम सञ्चालनमा छन् । रोटरी करुणालय र एनआरएन वृद्धाश्रममा मासिक शुल्क तिरेर वृद्धवृद्धा राख्ने गरिएको छ । ती दुई वृद्धाश्रममा गरी ७० वृद्धवृद्धा छन् ।

उनीहरूमध्ये कतिपय आफ्नै इच्छाले आएका हुँदा परिवारप्रति ठूलो गुनासो छैन ।  (रासस)
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop