पोखरा,
ताण्डव न्यूज ।
पोखरामा पाचौँ संस्करणको रेन ईन्टरटेन्मेन्ट इभेन्ट हुने भएको छ । ब्यण्जन रेष्टुरेण्टको आयोजनामा हुने सो इभेन्ट को (बिहीबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै रेष्टुरेण्टका सञ्चालक बैभव पौडेलले पोखरा अत्याधिक पानी पर्ने ठाउँ भएकाले रेन थिम मानेर इभेन्टको आयोजना गर्न लागेको बताए ।

‘बर्षातको समयमा संगीतमा रम्दै खानपानको मज्जा लिन सकिन्छ,’ उनले भने ‘रेन लाई नै फोकस गरेर इभेन्ट गरिएको हो ।’ विगतका इभेन्टहरुको राम्रो प्रतिक्रियासँगै यसपालि पनि छुट्टै तरिकाले आयोजना गरेको रेष्टुरेन्का व्यवस्थापक मनोज भट्टले बताए । ‘इभेन्ट टिन एजरका लागि मात्र नभई फ्यामेली वातावरणमा रहेको छ,’ उनले भने, ‘पहिला पनि हरेक ठाउँहरुबाट दर्शकहरु आउनु भएको थियो ।’
बर्षेनी गदै आएको रेन ईन्टरटेन्मेन्टले यस संस्करणमा भने दर्शहरुलाई विशेष मनोरञ्जनमा फेसन शो र बेलि डान्सको मुख्य आर्कषण रहेको व्यवस्थापक भट्टले जानकारी दिए । इभेन्टको व्यवस्थापन ग्याल्मर साइड हेरेका विशाल गुरुङले कार्यक्रममा सोहि अनुसारको फेसन शो समेत रहने जनाए ।
दिउँसो २ देखि रातीको ११ बजे सम्म सञ्चालन हुने इभेन्टमा महिलाहरुको लागि भने प्रवेश शुल्क भने लाग्ने छैन् । मनोरञ्जनमा हास्यकलाकार भुनियाको बेली डान्स सहित पोखराका डिजे आशिष लगायतले आफ्नो बेजोड प्रस्तुति दिने छन् ।
र्यक्रमको आम्दानीबाट २० हजार रुपैयाँ कुनै सामाजिक संस्थालाई सहयोग गरिने सञ्चालक पौडेलले बताए । ईभेण्टमा रेष्टुरेण्टले मूल्यमा १२ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.