www.tandavnews.com
Fact ~ In search of truth

बेनी बजार जोगाउन स्थानीयको श्रमदान

पर्वत,
संजय रेग्मी

कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बजार जोगाउन म्याग्दी सदरमुकाम बेनीका बासिन्दाले श्रमदान गरेका छन । नदीको कटानका कारण बेनी बजारमा कालीगण्डकी तटमा रहेका झण्डै एक सय भन्दा बढी घर उच्च जोखिममा परेपछि स्थानीयबासीले नै जाली भर्ने सहित पर्खाल लगाउने काम गर्न शुरु गरेका हुन ।

गत बुधबार गत बुधबार दिउसोदेखि साँझसम्म मुस्ताङको तल्लो भाग र म्याग्दीको उपल्लो भागमा भएको भीषण बर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले बजार संरक्षणको लागि निर्माण गरिएको कंक्रिट वाल बगाएपछि स्थानीयले जनश्रमदान गरेर ग्यावीन जाली भर्ने र ढुंगाको अस्थायी भित्ता निर्माण गरेका हुन ।

Batas

कालीगण्डकीको थप कटान रोकेर बस्तीलाई सुरक्षित बनाउनको लागि बेनी नगरपालिकाले पनि स्थानीय नागरिकहरुलाई जनश्रमदान गरी आफूलाई सुरक्षित गर्न अनुरोध गरेको थियो । कालीगण्डकी नदीमा आएको बहावले बेनी बजारलाई जोगाउन गत बर्ष ३ करोडको लागतमा निर्माण गरिएको साढे ७ मिटर अग्लो कंक्रिट वाल बगाएको छ । उक्त वालको मर्मत र पुन निर्माणको लागि अब झण्डै ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.