
म्याग्दी, (रासस)
गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएकी छन् । बेनीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्दै मन्त्री पुनले प्रदेश सरकारमातहत कर्मचारी नभएको र भएका कर्मचारीले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताइन् ।
कर्मचारीले आफू सङ्घीय सरकारको मात्र भएजस्तो व्यवहार र कार्यशैली देखाएकामा आक्रोश व्यक्त गर्दै मन्त्री पुनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीको गैरजिम्मेवार र असहयोगी कार्यशैलीका कारण स्वास्थ्य क्षेत्र भद्रगोल बनेको गुनासो गरिन ।


सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको लापर्बाहीका कारण सुगम क्षेत्रमा चिकित्सक थुप्रिने र दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले बेनी अस्पतालमा प्रमुख पठाउने विषयमा स्वास्थ्य मन्त्रालयका सचिवले आफूलाई ढाँटेको बताइन्।
मन्त्री पुनले जडिबुटीखेती विस्तार गरेर आयुर्वेदिक औषधि उत्पादन गर्ने, योग कक्षा सञ्चालन गर्ने र जीवनशैली सुधारका लागि कार्यक्रम तय गरिएको बताइन ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।