www.tandavnews.com
Fact ~ In search of truth

युवा तथा महिला लक्षित योजनामा जोड दिनेछु : उम्मेदवार गुरुङ

पोखरा
ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघको चुनावमा ‘सामूहिक भावनामा अर्पण, व्यावसायिक हक– हितमा समर्पण’ भन्ने नाराका साथ पवित्रादेवी गुरुङले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।

असोज ५ र ६ मा हुन गइरहेको चुनावमा व्यवसायीहरुले भोट दिएर विजय गराउने विश्वास उनले प्रकट गरिन् । ‘उद्योग वाणिज्य संघ व्यवसायीहरुको साझा संस्था हो, व्यवसायीहरुको हकहित र अधिकारको निम्ति जहिले पनि म अघि नै बढेकी छु,’ उनले भनिन्, ‘त्यही भएर पनि मलाई व्यवसायीहरुले भोट दिएर जिताउनु हुनेछ भन्ने विश्वास छ ।’

Batas

विजय भएपछि महिला र युवा लक्षित योजनालाई विशेष जोड दिने उनले सुनाइन् । ‘सबै युवा तथा महिला व्यवसायीहरुको चाहना अनुसार मेरो पाइला अघि बढ्ने छन्,’ उनले भनिन्, ‘म आफ्नो जिम्मेवारीबाट कहिले पनि पछि हट्ने छैन । यसअघि पनि विभिन्न संघ संस्थामा नेतृत्व लिएर जिम्मेवारी पूरा गरेकी छु । त्यो अनुभव मैले यस संस्थामा पनि लागु गर्नेछु ।’

तमु भाङ्ग्रा हस्तकला उद्योग प्रालि, भमरकोट पार्टी प्यालेस, भूपू सैनिक सेक्युरिटी, सर्भिस प्रालि, सेती मोदी सहकारी संस्थाको सञ्चालकसमेत रहेकी उम्मेदवार गुरुङको सांग्रिला विकास बैंकमा पनि व्यावसायिक संलग्नता छ ।

पोखरा महानगर महिला समन्वय समितिकी अध्यक्ष, तमु धि नेपाल केन्द्रीय महिला समिति उपाध्यक्ष, रोटरी क्लब अफ पोखरा मिडटाउन सदस्य, जनप्रिय टोल विकास संस्था पोखरा–१० अध्यक्ष, राम्जा पोखरा सम्पर्क समाज सल्लाहकारको रुपमा रहेकी गुरुङ अन्य दर्जनौ सामाजिक संस्थामा संलग्न छिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.