www.tandavnews.com
Fact ~ In search of truth

असाेज ८ गते एक्सपर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’

पोखरा,
ताण्डव न्यूज

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ आयोजना गरेको छ । पोखराको सिद्धार्थचोकमा रहेको भिजा सर्भिसेसले असोज ८ गते सोमबार एक्स्पर्टकै हलमा सेमिनार गरिने एक्सपर्टका प्रबन्धक रमेश थापाले जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलियाका १५ भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुनेछन् । थापाका अनुसार सेमिनारमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरहरुले परामर्श प्रदान गर्नेछन् ।

Batas

एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्मा, मेल्वन डाइरेक्टर सरोज शर्मा, एडिलेडका डाइरेक्टर रुपक बर्तौंला, कन्ट्रि म्यानेजर सरदराज पाठकसँग समेत विद्यार्थीले प्रत्यक्ष भेटेर परामर्श लिने अवसर पाउनेछन् ।

अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेट्ने अवसर पाउने हुँदा सेमिनार निकै उपयोगी हुने थापाले बताए ।

पोखरा र आसपासका विद्यार्थी सहभागी हुने सेमिनारमा भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत जानकारी दिइनेछ ।

एक्स्पर्टको आयोजनामा अन्तर कलेज निवन्ध प्रतियोगिता

‘बैदेशिक अध्ययनको अवसर र चुनौती’ विषयक शीर्षकमा विद्यार्थीले निबन्ध लेखेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने एक्स्पर्टका पब्लिक रिलेसन अफिसर तथा बजार प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि अवार्ड प्रदान गरिने उनले बताए ।

यसैबीच, पोखराका ३८ वटा कलेजका उत्कृष्ट विद्यार्थीलाई एक्स्पर्टले सेमिनारकै अवसरमा सम्मान गर्ने भएको छ । उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यले नगद, मेडल र प्रमाणपत्रले सम्मान गर्न लागिएको प्रबन्धक थापाले जानकारी दिए । सेमिनारमा अष्ट्रेलियाका १५ भन्दा धेरै युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने जनाइएकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.