www.tandavnews.com
Fact ~ In search of truth

भदाै‌ महिना – फिल्म व्यापारमा सुखद संकेत

पोखरा,
ताण्डव न्यूज
पछिल्लो समय प्रदर्शनमा आएका फिल्मको व्यापार हेर्नी हो भने, कठै ! भन्नुपर्ने अवस्था छ । यसको ज्वालन्तर उदाहरण असार, साउनमा प्रदर्शनमा आएका फिल्मले प्रस्टाएको छ । यी दुई महिनामा रिलिज भएका फिल्म मध्ये कुनैले पनि लगानी सुरक्षित गरेनन् । अझै भनौं, कुन फिल्म प्रदर्शनमा आयो भन्ने समेत दर्शकले भेउ पाएनन् ।

भदौंमा पनि उत्तिकै मात्रामा नेपाली फिल्म प्रदर्शन भए । हप्तैपिच्छे जस्तो प्रदर्शन भएका भदौं महिनाका फिल्म केहीले राम्रै दर्शकको साथ पाए भने केही पूरानै लयमा हलबाट उत्रे । तर पनि व्यापार र प्रचारलाई हेर्नि हो भने भदौं सुखद नै मान्न सकिन्छ । भदौंको ३ गते तीन सिनेमा एकसाथ जुधे । ‘मिस्टर भर्जिन, ब्लयाक र जय शम्भु’ । यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’, लभस्टोरी जनराको ‘ब्ल्याक’ र एक्सन प्याक फिल्म ‘जय शम्भु’ लाई दर्शकले मिश्रित प्रतिक्रिया दिए ।

मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’ ले राम्रै कलेक्सन गरेको बताइएपनि सिंगलमा अपेक्षित व्यापार गर्न सकेन् । ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले भने सिंगल थिएटरमा केही आशलाग्दो व्यापार गरेको देखियो । सोही मितिमै प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म ‘सत्यमेव जायते’ र ‘गोल्ड’ नेपाली फिल्मलाई चेपुवामा पर्यो ।

Batas

भदौ ८ गते विकास आचार्य निर्देशित ‘नाइ नभन्नू ल–५’ प्रदर्शनमा आयो । फिल्म प्रदर्शन भरी हल हाउसफुल नभएपनि दर्शकको राम्रो प्रतिक्रिया पाएको निर्देशक आचार्यले बताएका थिए । फिल्ममा समावेश लोकेसन, संवाद, छायांकन र कलाकारको अभिनयलाई दर्शकले मन पराए । इलामको सौन्दर्यले आँखालाई शित्तलता प्रदान समेत गर्यो ।

फिल्ममा लामो समयदेखि मुम्बईमा बस्दै आएकी नायिका निरुता सिंहको कमब्याकको तारिफ भयो भने उनको फिल्ममा समावेश सिन यादगर रहेको धेरैले प्रतिक्रिया समेत दिए । वर्षौपछि दर्शकले रुचाएको जोडी दिलिप रायमाझी र निरुता सिंहले एउटै फ्रेममा भेटाए । फिल्मका मुख्य दुई बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको भूमिकालाई पनि रुचाइएको पाइयो । खासै प्रचार नगरिएको फिल्मको व्यापार निराशजनक रहेन् ।

बालमनोविज्ञानमा आधारित रहेर निर्माण भएको फिल्म ‘मेरी मामु’ ले दर्शकको साथ पाएन । सन्तोष सेनले निर्माण गरेको उक्त फिल्ममा उनकै छोरा आयुब केसीलाई मुख्य पात्रमा उभ्याइएको थियो । अपेक्षित फिल्म भएपनि दर्शकले फिल्म प्रदर्शन भए नभएको उतिसाह्रो पत्तो पाएनन् ।

भदौं महिनामा प्रदर्शनमा आएका फिल्म मध्ये बढी अपेक्षित फिल्म हुन, ‘रोज र रामकहानी ।’ थ्रीलर जनरामा निर्माण भएको ‘रोज’ लाई गोपिकृष्ण मुभिजले निर्माण गरेको हो भने लभस्टोरी कमेडी फिल्म ‘रामकहानी’ लाई पूजा शर्माले निर्माण गरेकी हुन् । यी दुई फिल्म नायक प्रदीप खड्का र नायिका पूजा शर्माबीचको आपसी द्धन्द्धले पनि विशेष बन्न पुग्यो ।

बाहिरी बजार र फिल्म हलको चापलाई हेर्नी हो भने प्रदीपले अभिनय गरेको फिल्म ‘रोज’ भन्दा पूजाको ‘रामकहानी’ अघि देखिन्छ । मल्टिस्टार कलाकार रहेको रामकहानीले तीजको छेकोमा राम्रो कलेक्सन गरेको निर्माण टिमको भनाई छ । भने प्रदीपको फिल्मलाई पनि दर्शकले माया त गरे तर, फिल्म प्रतिस्पर्धाको चपेटोमा पर्यो । त्यसो त यी दुई फिल्मको व्यापारलाई मल्टिप्लेक्समा लागेको हलिउड फिल्म ‘द नन’ ले केही असर गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.