www.tandavnews.com
Fact ~ In search of truth

‘विद्यार्थीलाई पठाउने मात्र होइन पुगेपछि सम्पर्कमा पनि रहन्छौं’

पोखरा
ताण्डव न्यूज ।

कन्सल्टेन्सीले कस्तो सेवा प्रदान गर्दै आईरहेको छ ?

हाम्रो कन्सल्टेन्सीले विश्वका विभिन्न देश जस्तै जापान, जर्मनी, इटली र अष्टे«लिया जान चाहने विद्यार्थीहरुको लागि निशुल्क शैक्षिक परामर्श दिदैं आईरहेका छौ । यस अन्तर्गत ती देशका विश्वविद्यालयहरुमा पढाईने पाठ्यक्रम, शुल्क र त्यो देशको सम्पूर्णजानकारी प्रदान गर्दछौ र पढाईपश्चात हुने फाईदाको बारेमा पनि जानकारी गराउँदछौं । भाषा शिक्षण अन्तर्गत जापानीज भाषा, जर्मन भाषा, र आई ई एलटिएस जस्ता कक्षाहरु सञ्चालन गर्दैआईरहेका छौं ।

Batas

विद्यार्थीका लागि कस्ता खालका शैक्षिक कार्यक्रमहरु अफर गर्नुभएको छ ?

नेपालबाट उच्च शिक्षा पढन जाने विद्यार्थीहरुलाई भाषा शिक्षा व्याचर, माष्टर्स तथा रिसर्च कार्यक्रमहरु अफर गर्दै आएका छौं ।

जापान पढन जान चाहनेका लागि कस्तो योग्यता चाहिन्छ ?

न्युनतम प्लस टु लेभलको विद्यार्थी तथा जापानीज विश्वविद्यालय जान चाहेमा नेपालबाट सम्बन्धीत देशको व्याचर डिग्री पास गरी र सम्बन्धीत देशमा चाहिने भाषा शिक्षा जस्तै एन ५, जे.एल. पि.टी वा सिधै विश्वविद्यालयमा जान चाहेमा सम्बन्धीत विश्वविद्यालयमा कुन माध्यमबाट पढाई हुन्छ भन्ने जानकारी लिई सम्बन्धीत भाषा जस्तै आईएलटिएस, जे.एल.पि.टी जस्ता तयारी कक्षाहरु पुरा गरी आवदेन गर्न सकिन्छ ।

जापान पढ्न गएका विद्यार्थीहरुको अवस्था कस्तो छ र तपाईहरुले फलोअप गर्नुहुन्छ कि हुदैन?

जापान गएका विद्यार्थीहरुको अवस्थाको विषयमा बुझ्दा उनीहरु गएका भाषा स्कुल कलेज वा विश्वविद्यालयमा प्रत्येक महिना सम्पर्क गरी उनीहरुको पढाईको दक्षता र अवस्था बारे जानकारी लिन्छौं । कतिपय भाषा स्कुलहरुले वार्षिक रिपोर्ट समेत पठाउने गर्छन् । कलेज वा विश्वविद्यालयको पढाई पश्चात के गर्ने भन्ने सन्दर्भमा जानकारी तथा परामर्श उपलब्ध गराउँदछौं ।

पछिल्लो समय जापान जानको लागि निकै गाह्रो छ भन्ने सुनिन्छ सत्यता के हो ?

पछिल्लो समयको विषयमा जानकारी लिदाँ प्रायजसो नेपाली विद्यार्थीहरु राम्रोसँग अध्ययन गरेको पाईन्छ । तथापी भाषा ज्ञानको अभावले कहि कतै समस्या देखिनुलाई अन्यथा मानिदैन् । तर पनि जापान सरकारले विदेशी विद्यार्थीको विषयमा लचकता नै अपनाएको भेटिन्छ । त्यो बाहेक राम्रो डकुमेन्टेसन, भाषाको ज्ञान, नहुनाले पनि आवेदनको बेला कहिलेकाही समस्या देखिनु स्वाभाविकै हो । बजारमा आएको हल्ला जस्तो समस्या हामी देख्दैनौं ।

विदेश पढन जाने विद्यार्थीलाई कस्तो सुझाव दिनुहुन्छ ?

विदेश पढन जान चाहने विद्यार्थीलाई सर्वप्रथम सम्बन्धीत विश्वविद्यालय , कलेज तथा भाषा स्कुलहरुको माग अनुसार भाषा कक्षा तयारी गर्नु र सम्बन्धीत विषयमा राम्रो जानकारी लिएर जादाँ उपयुक्त हुन्छ । सम्बन्धीत विषयमा डिग्रीप्राप्त गरेपछि त्यो सीपलाई वा शिक्षालाई आफनो देशमा आएर सो सम्बन्धीत क्षेत्रमा प्रयोग गर्न आग्रह गर्दछु ।

यतिधेरै शैक्षिक संस्थाहरुको बीचमा तपाईको सस्था नै विद्यार्थीहरुले किन रोज्ने?

किनभने विदेशी कलेज भाषा विद्यालय वा विश्वविद्यालयसँग सिधा सम्बन्धमा रहेर हामीले काम शुरु गरेका छौं । सम्बन्धी देशमा पढ्ेर आउनुभएका शिक्षकहरुबाट स्वदेशमा नै भाषाका विभिन्न लेभलहरुमा उत्कृष्ठ नतिजा निकाल्न हामी सक्षम छौं । प्रत्येक सत्रमा भाषा स्कुल तथा विश्वविद्यालयबाट सम्बन्धीत विज्ञहरु आएर विद्यार्थीहरुको अन्तर्वाता तथा हाम्रो शैक्षिक संस्थाको भ्रमण गर्नु नै हाम्रो सर्वश्रेष्ठ उपलब्धी हो ।

अन्त्यमा के भन्न चहानु हुन्छ ?

अन्त्यमा हाम्रो शैक्षिक संस्था रोजी आउनुहुने र यस संस्थाबाट विदेश पढन गएका सम्पूर्ण विद्यार्थीहरु एवं अभिभावक ज्यूहरुलाई के आग्रह गर्नु चाहन्छु भने तपाईहरुले परामर्श दाता वा शैक्षिक संस्था चयन गर्दा नेपाल सरकारबाट मान्यता प्राप्त छ छैन वा कलेज तथा विश्वविद्यालयको सम्बन्धन प्राप्त छ छैन भनी जानकारी लिएर मात्र सम्बन्धीत शैक्षिक सस्था मार्फत जान उपयुक्त देखिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.