www.tandavnews.com
Fact ~ In search of truth

भालु पहाडलाई पर्यटकीय स्थल बनाउन गुरुयोजना सार्वजानिक

पोखरा,
ताण्डव न्यूज ।

सिद्धार्थ राजमार्गमा रहेको भालुपहाडलाई पर्यटकीय स्थल बनाउनको लागि गुरुयोजना तयार पारिएको छ । फेदीखोला गाउँपालिकाद्धारा भालुपहाडलाई थप पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि गुरुयोजना सार्वजानिक गरिएको छ ।

‘समृद्धि स्मार्ट भिलेज, हाम्रो अभियान’ भन्ने मुल नारासँगै बच्चा, टिनएजर, बुढाबुढी साथै हिन्दू धर्म तथा बौद्ध धर्मलाई लक्षित गरि योजना तयार गरेको प्राविधिक सन्दीप डोटेल जानकारी दिए ।

Batas

पर्यटनको प्रचुल सम्भावना बोकेको पर्यटकीय गन्तव्य भालु पहाडको स्वरुप परिवर्तन गरी थप रोमाञ्चक बनाइने फेदिखोला गाउँपालिकाका वडा अध्यक्ष धनश्याम सुवेदी बताए ।

‘भालु पहाड पर्यटकलाई लोभ्याउने ठाउँ छ,’ उनले भने ‘त्यसैले उक्त स्थलमा धार्मिक, टुरिजम स्पोर्ट, पार्क, ग्रामीण होम स्टेको आवधारण सहित सुरु गरेका छौ ।’

त्यस ठाउँमा सुतिरहेको भालुको आकार देख्न सकिने भालु पहाडको मुख्य विशेषतासँगै केहि नयाँ आकृति दिई पर्यटकको ध्यान आकर्षक गराउन मद्दत पुर्याउने उनले बताए । ।

करिब ४५ करोडको लागतमा बन्न लागेको भालु पहाडको पर्यटकीय स्थलमा विशिष्ट टुरिजम स्पोर्ट बन्नेछ । प्राविधिक सन्दीप डोटेलका अनुसार राजमार्गबाट यस मार्ग तर्फ पुग्नको लागि एकतर्फ मन मोहक दृश्यहरु हुन्छन् भने अर्काे तर्फ ७५ मिटर लामो अत्याधिक लामो झोलुङ्गे पुल निर्माण गरिनेछ ।

‘लुम्बनी र मुक्तिनाथ घुम्न आउने धर्मलम्बीलाई लक्षित गरि २३ फिट अग्लो भगवान शिव र बुद्धको मुर्ति राखिने छ’ डोटेलले भने, ‘राजमार्गबाट देख्न सकिने उक्त ठूलो आकारको मूर्तिले बाटोमा सवार यात्रुहरुको ध्यान खिच्न मद्दत पुर्याउने छ ।’ उक्त स्पोर्टलाई धार्मिक सहिष्णुताको प्रतिकको रुपमा प्रचलित गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.