www.tandavnews.com
Fact ~ In search of truth

यौनकर्मी र लाइसेन्स

– गनेस पौडेल

नेपाल जस्तो उच्च लैङ्गिक विभेद भएको समाजमा वेश्यावृत्तिलाई मान्यता दिनेबारे सोच्न पनि सकिँदैन ।

यस्तो भयो भने नेपालका सबैजसो किशोरहरूले स्त्री देहलाई पैसाले खरिद गर्न सकिने बस्तुको रुपमा बुझ्नेछन् । लाइसेन्स लिएर खुलमखुल्ला वेश्यावृत्तिमा लागेका युवतीहरूले पेशा छोडेर पुनस्थापित हुने संभावना न्युन रहनेछ । यसले यौनकर्मीहरू आजीवन नरकमा बस्न बाध्य पार्नेछ ।

Batas

वेश्यावृत्तिमा लागेको आरोपमा जहिल्यै महिला मात्रै पक्राऊ किन पर्छन् ? कानूनमा जे भए पनि यसको प्रयोग पुरुषको हितमा मात्रै लागू गरिएको छ । जस्तो वेश्यावृत्तिका अभियुक्तलाई ‘मानव बेचबिखन तथा ओसापसार ऐन २०६४’ अनुसार कारबाही गर्नुपर्ने कानुन छ ।

उक्त ऐनको दफा ४ को उपदफा १ (घ)मा वेश्यागमन गर्ने कार्यलाई मानव बेचविखन मानेको छ । यसरी हेर्दा यौन ग्राहकलाई झन् ठुलो कारवाही हुनुपर्ने हो । तर प्रहरीले यो मामलामा सधैँ सार्वजनिक मुद्दा मात्रै लागाउँछ र शिकारमा महिलालाई मात्रै पार्ने गरेको छ ।

वेश्यावृत्ति रोक्न सकिँदैन भन्ने कुरा साँचो हो । तर यसलाई रोक्ने वा कानुनी मान्यता दिने भन्ने विषयबाट सोचिनु हुँदैन । यस माथिको कानुन खारेज गरिनु पर्छ र यौनलाई अधिकारका रुपमा स्थापित गर्नुपर्छ ।

वालिग स्त्री पुरुषको राजीखुसीको संसर्गलाई सामान्यरुपमा लिनु पर्छ र यसमाथिको धरपकड बन्द हुनुपर्छ । परिचयपत्र लागू गरियो भने सवारी साधन चेकजाँच गरेँ झै यौनकर्मीको लाइसेन्स जाँच्ने निहुँमा प्रहरी धरपकड झन् बढ्नेछ । यस्तो व्यवस्थाले यौनकर्मीलाई समाजमा पुनस्थापित हुनसक्ने बाटो सधैँका लागि बन्द गर्नेछ ।

मान्छेको यौन जीवन प्राकृतिक छैन । मान्छेले स्थापना गरेका सामाजिक मर्यादा, धर्म, परम्परा, संस्कार, कानुन, सौन्दर्य चेतना आदिजस्ता पक्षले यौनलाई अप्राकृतिक बनाइसकेको छ । यिनैका आधारमा यौनवृत्तिका अनेकन रुप देखिएका छन् ।

नेपाली समाजले यौनलाई कम्तिमा पनि निम्नानुसारले विभाजन गरेको छ ।

१) बह्मचर्य ।

२) विवाहित जोडीको संसर्ग ।

३) अविवाहित प्रेमीको क्रिडा ।

४) विवाहइतरको तर सहमतिको सहवास ।

५) समलैङ्गिक सम्बन्ध ।

६) पैसाले किनिएको भोग अर्थात वेश्यागमन ।

७) असहमतिपूर्ण वासनापूर्ति अर्थात बलात्कार ।

नेपाली सामाजिक मर्यादाको लहरक्रममा पनि १ देखि ७ क्रमैसँग आउँछन् । मुख्यमन्त्रीजीले प्रस्ताव गरेको व्यवहार पाँचौ क्रमको हो । त्यसो त वेश्यावृत्तिलाई नेपाली शब्दकोशले ‘यौन सन्तुष्टिका लागि परपुरुष वा परस्त्रीसँग सहवास गर्ने काम’ भनेर व्याख्या गरेको हुनाले ४ नम्बरको काम पनि वेश्यावृत्तिकै अर्थमा बुझिने भयो ।

यौनलापका प्रमुख कारणहरूमा प्रेम, सम्बन्ध, सन्तुष्टि, वृत्ति अर्थात वासना र बदला रहेका छन् । वेश्यावृत्ति वासनाको कारणले हुन्छ । बलात्कार बदलाको कारणले ।

भनाई छ कि वेश्यावृत्ति, लागूऔषध, गैरकानुनी हतियार, कालोबजारी, भ्रष्टाचार आदिको व्यवहार कानुन मात्रैले कहिल्यै निर्मूल हुँदैनन् । जति गरे पनि तिनको निर्मूल हुँदैनन् भन्दैमा त्यसलाई कानुनीले मान्यता दिएर करको दायरामा ल्याउनु पर्छ या पर्दैन भन्ने वहस उठ्ने गरेको छ ।

विकसित देशमा यौन व्यवसायलाई कानुनी मान्यता छ । कतै कतै त हतियार पनि खुलमखुल्ला किन्न र राख्न पनि पाइन्छ । कतै गाँजा खान पनि पाइन्छ । रक्सी त सर्वभोग्य भैहाल्यो ।

यो पनि पढ्नुहोस्

ग्राहक, साहु र राज्यबाटै पीडित छौँ : यौनकर्मी

‘रेडलाइट एरिया’ बहसको विषय बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

बहसमा रेडलाइट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.