www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकीय नगरी कि रेडलाइट जोन ?

– सुमित्रा भट्टराई

अहिले देशको कुना कुना निर्मला हत्याकाण्डको विरोध र पीडित परिवारलाई न्यायका लागि जुटिरहेको छ । घटनाको दुई महिना बित्न लाग्दा पनि दोषी भनिएका ब्यक्ति निर्दोष सावित भई रिहा भएपछि प्रहरी अनुसन्धानमाथि धेरैको असन्तुष्टि रह्यो ।

धेरैले अपराधी पक्रन नसक्ने प्रहरीले होटलमा सहमतिमा बसेका जोडी पक्रेर प्रहरीले बहादुरी नदेखाएकोमा बेस भन्ने प्रतिक्रिया जनाए । प्रहरीले भने सामाजिक सहिष्णुतामा खलल् पुर्याउन सक्ने भएकाले भन्ने प्रतिक्रिया दिन्छ, यस्ता घटनामा ।

Batas

यही परिस्थिीतिलाई उदाहरण दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पश्चिमाञ्चल होटल संघ पोखराको कार्यक्रममा गरेको सेक्स टुरिजम् सम्बन्धी प्रस्तावको पक्षी र विपक्षी दुबैथरी बहस चर्चामा आईरहेका छन् ।

एक पक्षले प्रस्तावको समर्थन गरिरहेछन् भने अर्कोथरीले सो प्रस्तावले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै विरोध गर्दै गर्दा न यस प्रस्तावको समर्थन गर्न सकियो नत विरोध गर्न नै ।

पोखरा आफैमा पर्यटकिय नगरी हो । जहाँ प्रकृतिले नै पर्यटक तान्न आवश्यक सम्पुर्ण पक्ष दिएको छ । आवश्यक छ त त्यसलाई ब्यवस्थित गर्न । अहिलेसम्म पोखरालाई देश विदेशले यही रुपमा चिनिरहेको छ । रेडलाईट एरिया तोक्दा भोली यहाँका स्थानीयलाई के कस्तो समस्या आईपर्न सक्छ भन्ने विषयमा पनि गम्भिर हुन आवश्यक छ ।

अवस्था यो नहोस् रेडलाईट एरिया ब्यवस्थित गर्न सक्ने वा नसक्ने ? म पोखरेली भनेर गर्व गर्ने पुस्ताले भोली अब्यवस्थित कलंक खेप्ने वा पर्यटकिय नगरीकै बासिन्दाको रुपमा रमाउने ? यस उदार प्रस्तावलाई धेरै कोणबाट केलाउन आवश्यक छ ।

यस नगरीमा घुम्न आउने जोडीहरुले निर्धक्कसाथ घुमफिर गर्न पाउन् । देशका अन्य शहरमा जस्तो रेस्टुरेन्टमा प्रहरी आतंक त यहाँ खासै सुनिँदैन यद्यपी यदाकदा मारिने कथित छापाले भने पर्यटनमा प्रभाव पार्न सक्छ ।

बरु यस नगरीको सुरक्षा अवस्था अझै राम्रो बनाएर पोखरा पस्ने मुख्य नाकामा यहाँ आउने जानेहरुको रेकर्ड राख्न, चोकहरुमा सिसिटिभि क्यामेरा राख्न आवश्यक छ ।

यस नगरीमा नयाँ नयाँ हाईकिङ र ट्रेकिङ रुट खुलुन्, प्रकृति पर्यटन उजागर होस् । पोखरालाई त्यही सुहाउँछ ।

यो पनि पढ्नुहोस्

यौनकर्मी र लाइसेन्स

ग्राहक, साहु र राज्यबाटै पीडित छौँ : यौनकर्मी

‘रेडलाइट एरिया’ बहसको विषय बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ

बहसमा रेडलाइट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.