www.tandavnews.com
Fact ~ In search of truth

दशैं गीत ‘निधारमा टिका’ सार्वजनिक

पोखरा ।

नेपालीहरुको महानपर्वलाई लक्षित गरि पोखरामा शुक्रबार एक दशैं गीतको सार्वजनिक गरिएको छ । गीतकार दिननाथ बास्तोलाद्वरा रचित ‘निधारमा टिका’ बोलको दशैं गीत सार्वजनिक गरिएको हो ।

बास्तोलाकै शब्द,संगीत रहेको गीतमा गायक सन्तोष बस्यालको स्वर रहेको छ । पोखराको नमस्ते रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको गीतलाईसाहिल गायकले एशेञ्ज गरेका हुन् ।

Batas

प्रदेशीएको छोरोको सुखदुखको वेदनालाई गीतमा प्रस्तुत गरिएको गीतका सर्जक दिननाथ बास्तोलाले बताए । ‘मैले यो गीत १६ वर्ष अगाडी लेखेको थिए,उनले भने, आफ्नो कार्यव्यस्तताले गर्दा त्यतिबेला रेर्कड गर्न सकिन अहिले आएर समय जुर्यो ।’

सार्वजनिक कार्यक्रममा बोल्दै गायक सन्तोष बस्यालले दशैं गीत गाउन पाउनुनै आफ्नो लागि नयाँ भएको बताए । ‘चाडपर्व गीत मैले अहिले सम्म गाएको छैन, उनले भने, यो नै मेरो पहिलो चाडपर्वमा आधारित गीत हो ।’

रेकर्डिङ समयमा गीत गाउँदैं गर्दा आमाप्रतिको वेदना सद्भावलाई प्रस्तुत गरिरहँदा आफ्नो आँखा रसाएको बस्यालले बताए । करिब १ घण्टा ३० मिनेटको समय लगाएर आँफुले गीतलाई न्याय गर्न सकेको उनको भनाई थियो ।

गीतको म्युजिक भिडियोमा भने कलाकार नवराज थापा, बालकलाकार खिमु मुखिया, माधवा खनाल लगायतका कलाकारको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन भने मधुर बस्नेतले गरेका हुन् । शम्भु चालिसेको छाँयाकन रहेको गीतमा रविन विकको सम्पादन छ ।

कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, संगीतकार नवराज बराल लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.