www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पहिलो पटक ‘रुपान्तरणीय शिक्षा’ तालिम

पोखरा,
ताण्डव न्यूज ।

इस्टिटियुट फर पोजेटिभिटी एण्ड हियुमन डेभलपमेन्टले न्यूरोड स्थित टे«निङ सेन्टरबाट रुपान्तरणीय शिक्षा तथा तालिम संचालन गर्ने भएको छ ।
यहि असोज १५ गतेदेखि व्यक्तिगत, विद्यालय तथा संस्थागत रुपान्तरणको लागि युवा पुस्तालाई लक्षित गरी व्यक्तिगत विकास तालिमको कक्षा संचालन हुने भएको हो ।
उक्त इस्टिट्युटका संस्थापक निर्देशक तथा शिक्षाविद् डा.विश्व युधिर पौडेल घर्तीले न्यूरोलीङ्ग्वीस्टिक प्रोग्रामिङमा आधारित यस प्रकारको नियमित कक्षा तथा संस्थागत तालिम पोखरामा पहिलो पटक संचालनमा आउन लागेको बताए ।

‘एनु.एल.पी. व्यक्तिगत तथा संस्थागत रुपान्तरणको अत्यन्तै सशक्त विधिको रुपमा विश्व भरिनै प्रचलित विधि हो,’ उनले भने, ‘त्यसैले अहिलेको २१ औँ शताब्दीमा यसको लोकप्रियता साथै प्रभावकारी बढ्दै गएको पाइन्छ ।’मानिस मनभित्र लुकेर बसेको क्षमताको पहिचान गर्नेसंगै यसलाई उजागर गरि व्यक्तिगत जीवनमा साथै आफ्नो संस्थामा सकारात्मक परिवर्तन गर्न सकिने डा. घर्तीले उल्लेख गरे ।

Batas

यस संस्थाले ब्यवसायिक र संस्थागत कर्मचारीको लागि टिम बिल्डिङ्, तालिम, युवा तथा कलेजका विद्यार्थीहरुको लागि व्यक्तिगत विकास तालिम साथै निराशा, डर, चिन्तालाई हटाई सकारात्मक जीवन जीउने सेवा प्रदान गर्न लागेको हो ।

डा. घर्तीले मकानी एकेडेमी, डेनमार्कबाट न्यूरोलीङ्ग्वीस्टिक प्रोग्रामिङमा मास्टर्स कोच प्राक्टिसनर कोर्ष पूरा गरेका छन् ।  काठमाडौँ विश्वविद्यालयबाट पिएचडी गरेका घर्तीसंग विभिन्न विद्यालय, कलेज र विश्वविद्यालयमा गरी २५ बर्षको शिक्षण तथा प्रशासनिक सेवा प्रदान गरेको अनुभव छ ।

सेन्टरबाट बिहान ७ देखि ९ बजे सम्म बिहानीको कक्षा संचालन र दिवा सिफ्ट ३ देखि ५ बजेसम्म तालिम दिइनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.