www.tandavnews.com
Fact ~ In search of truth

ब्रिटिश लाहुरे भन्दै यौन शोषण गर्ने पक्राउ

पोखरा ।
ताण्डव न्यूज
ब्रिटिश लाहुरे तथा नेपाल प्रहरी भन्दै महिलालाई यौन शोषण गर्ने एक जना पक्राउ परका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्खेत भेरिगंगा नगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर थापालाई चोरी र करणी गरेको आरोपमा पक्राउ गरेको हो । थापालाई कास्की प्रहरीले पृथ्वीचोकबाट पक्राउ गरेको हो ।

घटना क्रम

Batas

थापाले जेठ २९ गते पोखरा–९ पृथ्वीचोकको एक होटलमा एक युवतीलाई भेट्न बोलाए । आफु ब्रिटिश लाहुरे भन्दै उनले युवतीलाई होटलमा भेट्न डाके । ब्रिटिश लाहुरेलेनै डाकेपछि ति युवती नजाने कुरै भएन् ।

त्यसैमाथी अविवाहित युवती र लाहुरेपनि । होटलमा गएपछि थापाले युवतीलाई प्रलोभन देखाई रातभरी यौन शोषण गरे । त्यतिमात्र होइन भोली पल्ट विहान युवतीलाई शौचालय भित्र थुनेर ३ लाख ५० हजार,४ तोला सुन चोरी गरे फरार भए । पीडित युवतीले कास्की प्रहरीकहाँ खबर गरिन् । युवतीकै सूचनाको आधारमा कास्की प्रहरीले उनलाई पक्राउ गर्याे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङले थापाले १ वर्षदेखि यसरी नै युवतीहरुलाई यौन शोषण गर्दै आएको बताए । ‘धेरैलाई यौन शोषण गरेको हुनु पर्छ,’ उनले भने, ‘थापा विरुद्ध हामीकहाँ २ जना महिलाले करणी र चोरीको जाहेरी दिएका छन् ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.