www.tandavnews.com
Fact ~ In search of truth

पुम्दीभुम्दीमा १० बर्षीया बालिका मृत अवस्थामा फेला

पोखरा,
ताण्डव न्यूज

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मंगलबार बिहानै एक बालिका मृत अवस्थामा भेटिएकी छन् । १० वर्षीया श्रेया विक सुनार बिहान ९ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए ।

रानाका अनुसार बिक सोमबार स्कुलबाट घर गएर ड्रेस चेन्स गरेर बिस्कुट किन्न भनी गएकी थिइन् । रातभरी खोजी गर्दा पनि नभेट्टयाएपछि स्थानीयले बिहान मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए ।

Batas

‘हामीलाई पनि ढिला खबर भएको थियो,’ एसपी रानाले भने, ‘पोस्टमार्टमको लागि अस्पताल लगिएको छ । के भएको हो रिर्पाेट आएपछि बल्ल थाहा हुन्छ ।’ उनको आफ्नै घरनजिकको जंगलमा मृत अवस्थामा फेला परेको रानाले जानकारी दिए । उनका अनुसार शव झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

‘अहिले घटनास्थल वरपर पनि अनुसन्धानको लागि टोली खटिएको छ,’ उनले भने, ‘पोस्टमार्टमको रिपोट आउँछ त्यो पछि पनि थप अनुसन्धान अगाडि बढाउनेछौं ।’ स्थानीयका अनुसार उनको अनुहार र खुट्टामा लतारिएको जस्तो चोट देखिएको छ । बिक स्थानीय लिला आधारभूत विद्यालयलमा कक्षा ३ मा अध्ययनरत थिइन् ।

 

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.