www.tandavnews.com
Fact ~ In search of truth

साफ च्याम्पियनसिप : अाज नेपाल Vs पाकिस्तान, तयारी कस्ताे छ नेपाली चेलीहरुकाे ? (फोटो फिचर)

अर्जुन गिरी
भुटान ।

भुटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको पहिलो दिन (आज) शुक्रबार नेपाली टिम खेल्दैछ । नेपालले पहिलो खेल पाकिस्तानसँग आज साँझ ७ बजे खेल्ने छ ।

सबै खेलाडी उत्साहीत रहेको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘हाम्रो खेलाडीको तयारी राम्रो छ,’ उनले भने, ‘आज पाकिस्तानलाई जित्ने छौ ।’ खेल बराबरीमा नहुने उनको दाबी छ । ‘हामी आक्रमक खेल्ने छौ,’ उनले भने, ‘राम्रो खेल पस्केपछि नतिजा हात नपर्ने कुरै भएन् ।’

Batas

आज साँझको खेलमा आफ्नो टोली विजय हुने सहायक प्रशिक्षक श्रीप्रकाश बैद्यले बताए । ‘टे«निङ निकै राम्रो भएको छ,’ उनले भने, ‘टे«निङ राम्रो भएको हुनाले नतिजापनि हाम्रो पक्षमा हुने छ ।’

खेलको लागि नेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर २६ मा भुटान पुगेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने खेलमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ ।

कुन खेलाडी कुन पोजिसनबाट खेल्दैछन् ?

गोल किपर
अन्जना राना मगर

डिफेन्समा
निशा थोकर, रोजिना श्रेष्ठ र समिक्षा घिमिरे र बिमला विक

मिड फिल्डमा
सरु लिम्बु (कप्तान), मञ्जलीकुमारी योञ्जन, मनिषा राउत र सिर्जना सिंह ठकुरी

फरवार्डमा
रश्मिकुमारी घिसिङ्ग र रेखा पौडेल

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.