www.tandavnews.com
Fact ~ In search of truth

नेपालद्धारा पाकिस्तानमाथी गोलको वर्षा (हेर्नुहोस फोटो )

अर्जुन गिरी
भुटान, ताण्डव न्यूज ।

भुटानमा भइरहेको साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपमा नेपालले पाकिस्तानमाथी गोल वर्षाएको छ । पहिलो दिन शुक्रबार नेपालीले पाकिस्तानलाई १२–० को फराकिलो गोल अन्तरले हराएको हो ।

Batas

नेपालको जितमा रेखा पौडेलले ७ गोल गरिन् । त्यसैगरी मन्जलीकुमारी योञ्जन, रश्मिकुमारी घिसिङ्ग, सरु लिम्बु, एलिशा जिम्बा र मनिषा राउत १–१ गोल गर्दै नेपाललाई जिताए ।

खेल सम्पन्न भएपछि प्रतिक्रिया दिदै नेपालका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले पाकिस्तानले राम्रो नखेलको बताए । ‘उताको टिम हामीले सोच भन्दा कम्जोर भएको हुनाले धेरै गोल भयो,’ उनले भने, ‘हाम्रो खेलाडीहरुले राम्रो खेले, शुखी लागेको छ ।’

आफ्नो विपक्ष टिम जसस्तो आउछ, त्यो अनुसारको खेल आफ्नो टिमले प्रस्तुत गर्ने उनले बताए । ‘विपक्ष टिम कहिले कम्जोर छ भनेर सोच्नु हुदैन्,’ उनले भने, ‘मैदानमा उत्रिएपछि राम्रो खेल्नु पर्छ । विपक्षलाई कम्जोर सोच्नु हुदैन तर डराउनु पनि हुदैन् । अर्को खेल बांग्लादेशसँग पनि हामीले जित्ने विश्वास छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.