www.tandavnews.com
Fact ~ In search of truth

टिभिएस एनटिओआरक्यु स्कुटर अब पोखरामा

पाेखरा,
ताण्डव न्यूज ।

पोखरामा टिभिएस एनटिओआरक्यु १२५ सिसीको स्कुटर लञ्चिङ गरिएको छ । स्कुटरलाई बतास ब्रदर्शले पोखरामा ल्याएको हो ।

बतास ब्रदर्शका सिइओ प्रवेश पराजुलीले पछिल्लो पुस्ताको रुची र चाहनालाई लक्षित गरी टिभिएसले नयाँ–नयाँ मोडलहरु बजारमा ल्याउने क्रममा शुक्रबारदेखि पोखरामा पनि यसको सुरुवात भएको जानकारी दिए ।

Batas

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली फिल्म क्षेत्रका नायिका स्वस्तिमा खड्का तथा विशेष अतिथि जगदम्बा मोटर्स प्रालिका भाईस प्रेसिडेन्ट दीपक अग्रवालले संयुक्त रुपमा स्कुटरको अनावरण गरी बिक्री सुरुवात भएको घोषणा गरेका थिए ।

२ लाख २४ हजार ९ सय रुपैयाँ पर्ने टिभिएस एनटिआरओक्यु १२५ सिसीको स्कुटरमा ब्लुतुथ, भेयक्लस लोकेसन इन्डिकेटर, नेभिगेसन, पास लाइट, स्पोर्टि लक्स, एमाजिङ पाओर(९.५ बिएचपि), डिस ब्रेक लगायतका विशेषताहरु छन् ।

टिभिएसका टिभिएस अपाचे २०० सिसी, १८० सिसी, १६० सिसी, वेगो, जुपिटर, स्ट्राईकर मोडलहरु सर्वाधिक बिक्री हुने मोडलहको रुपमा रहेका छन् । यस्तै गरि नेपालका लागि टिभिएस बाईक तथा स्कुटरहरुको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालि रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.