www.tandavnews.com
Fact ~ In search of truth

फोर्स मोटर्सको दशैँ तिहार अफर

पाेखरा,

फोर्स मोटर्सको नेपालका लागी आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा विशेष अफर ल्याएको छ ।

यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरिदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज तथा ट्रयाक्स कार्गो किङ्ग पिकअप को खरिदमा १ तोला सुनको हार र नगद २५ हजार रुपैयाँ छुटको अफर ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।

Batas

बिगत ४ वर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ गैहिृधारा ,पोखराको बुद्दचोकमा आफ्नै शोरुम संचालनमा ल्याएको छ ।

स्थानीय डिलरको रुपमा विराटनगरको कन्चनबारीमा के.आर.अटोमोबाइल ,चितवनको भरतपुरमा रेयान मोटर्स , इटहरी र भक्तपुरमा जी.मोटर्स मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री गरिरहेको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुव थापाले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.