www.tandavnews.com
Fact ~ In search of truth

तीजको अवसरमा दशनामी समाज कास्कीद्वारा विरामीलाई सहयोग

पोखरा 
ताण्डव न्यूज । 

नेपाल दशनामी समाज कास्कीले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ को अवसरमा आयोजित कार्यक्रममा विनिता गिरीलाई उपचारको लागि रकम सहयोग गरेको छ ।

तनहुँ शुल्कागण्डकी नगरपालिका–८ की १४ वर्षीया विनिता गिरीलाई बोनम्यारो ट्रान्सप्लान्टका लागि आर्थिक रुकम अभाव भएको हुनाले दशनामी समाज कास्कीले नगद १६ हजार सहयोग गरेको हो ।

Batas

कार्यक्रममा समाजले विद्यार्थी तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तथा महिला समाजका केन्द्रीय अध्यक्ष जुलुम पुरीले पछिल्लो समय हरेक क्षेत्रमा महिला सभागिता बढ्दै गरेको बताईन् ।

नेपाल दशनामी समाज कास्कीका अध्यक्ष जगत मोहन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय सदस्य तारा गिरी, नेपाल दशनामी महिला समाजकी केन्द्रीय उपाध्यक्ष शारदा गिरी, एप्पल इन्टरनेशनलका संयोजक रुद्र गिरी, नेपाल दशनामी समाज कास्कीकी प्रथम उपाध्यक्ष हिरा गिरी लागयतकाले बोलेका थिए, भने कार्यक्रमको संचालन नेपाल दशनामी महिला समाज कास्कीकी सचिव सपना गिरीले गरेकी थिइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.