नुरज बाटाजू
प्रबन्ध निर्देशक
जोनछे ट्रेडर्स प्रा.लि, पोखरा, बुद्धचोक
अटो क्षेत्रमा नेपाल प्रवेश गरेको छोटो समयमै धाक जमाउन सफल भएको ब्राण्ड हो रेनो । झण्डैं ११९ वर्ष अघि फ्रान्समा स्थापना भएको रेनो ब्राण्डका गाडिहरु विश्वबजारमा गुडिरहेका छन् । समग्र युरोपको अटो बजारमा शीर्ष २ स्थानमा रहेको रेनो ब्राण्डका गाडिहरु नेपालमा प्रवेश गरेको २ वर्षमा नै शीर्ष ३ स्थानमा आफूलाई उपस्थित गराएको छ । यसै सन्दर्भमा रेनो ब्राण्डका विशेषता, बजार र आगामि लक्ष्यका विषयमा पोखराका लागि आधिकारीक बिक्रेता जोनछे ट्रेडर्स प्रालि पोखराका प्रबन्ध निर्देशक नुरज बाटाजूसँग गरिएको कुराकानीको सार :
अटो बजारलाई कसरी हेर्नु भएको छ ?

समग्र अटो बजारलाई हेर्नुपर्दा नेपालको आर्थिक बृद्धिदरसँग पनि जोडिएर आउँछ । विश्वमै वार्षिक आर्थिक बृद्धिदर लक्ष्य हाँसिल गर्नमा तेस्रो स्थानमा नेपाल पनि परिरहेको परिप्रेक्ष्यमा सोही अनुसार मानिसको क्रय क्षमता पनि बृद्धि हुँदै गइरहेको छ । अटो खरिदमा मानिसले ठूलो धनराशी खर्च गरिरहेको छ । त्यससँगै यसको बजार क्षेत्र पनि प्रतिस्पर्धात्मक रुपमा विस्तार भइरहेको छ ।
सरकारले अटोलाई विलासी साधनको रुपमा दुई सय प्रतिशत सम्म कर लगाएको पाइन्छ । बाह्य मुलुकको तुलनामा यहाँको बजार मूल्यमा पर्न आउने फरकले कत्तिको असर गरेको छ ?
करको मारले गर्दा त असर गरिरहेकै छ । सामान्यतया मध्यम वर्गको परिवारको लागि अझ पनि गाडि चढ्नु भनेको ठूलै कुरा हो जस्तो मानिन्छ । तरपनि सरकारले अबको नीतिमा सवारीलाई विलासी नभई आधारभूत आवश्यकतामा परिमार्जन गर्नु जरुरी देख्छु । यातायातलाई विकासको आधारभूत इकाइ पनि मान्ने र उता गएर विलासी साधनमा वर्गिकरण गरी करको चर्को मूल्य तिर्नुपर्ने बाध्यताको अन्त्य गरिनुपर्दछ ।
अटो क्षेत्रमा आउने प्रेरणा तपाईलाई कसरी मिल्यो ?
म यस क्षेत्रमा आउनुको खास कारण चाहीँ मेरो बुबा अटो मोबाइल क्षेत्रमा हुनुहुन्थ्यो । फेमिली विजनेस पनि हो । म अध्ययनको क्रममा लण्डन गए । त्यहाँ पढ्दै गर्दा मर्सिडिज बेन्ज गाडि कम्पनीमा काम गर्ने अवसर मिल्यो । त्यहाँको सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई मेरो जीवनलाई लक्ष्यपरक बनाउन आफ्नै देश फर्किए ।
प्रारम्भमा अटो क्षेत्रमा प्रवेश गर्दै गर्दा कस्तो किसिमको व्यवधान भोग्नुपर्यो ?
मलाई असामान्य भन्ने हदै केही त लागेन तर आफ्नै मुलुक आफ्नै नगर भएपनि केही अनएडस्ट फिल भने भयो । लण्डनमा काम गर्दा सबै कुरामा डिजिटलाइज्ड थियो । आफू अण्डरमा रहेका सबै स्टाफहरुलाई उनीहरुको दायित्वबोध स्वतः हुन्छ । यहाँ त्यस्तै केही कुरामा मेल खान नसकेको फिल हुन्छ । केही नयाँ थिमहरु ल्याउन चाहेमा पनि प्रासेसहरु पनि लामो र सरकारी व्यवधानका कारण पनि जति क्षमता छ सो अनुसारको काम गर्न सकिदो रहेनछ ।
रेनोको माग कस्तो छ ?
रेनो फ्रेन्च ग्लोबल ब्राण्ड हो । यसको वल्र्ड ¥याकिङमा शीर्ष चार स्थानमा छ । यसको माग यहाँ मात्र होइन विश्वबजारमै अत्यधिक छ । साउथ एसियामा मात्रै यसको ढिलो गरी विस्तार भएकोले यहाँ नौले मानिएको हो । र नेपालमा त झन् प्रवेश गरेको छोटो समयमा रेनोले आफ्नो बजार स्थापित गराउन सफल भइसकेको छ ।
वास्तवमा रेनो नै चढ्नुपर्ने खास कारण के छ ?
सर्वप्रथम त रेनोलाई हामीले सलिट कार नै मान्छौं । यसको फिचरलाई गुणस्तरीय मापन गर्न नै ५ वर्षको वारेन्टी छ । जुन अरु कुनै पनि मार्केटमा गाडिहरुले उपलब्ध गराएको छैन् । रेनोले साउथ एसियालाई पकेट क्षेत्र मानेर बजार विस्तार गर्ने भएपछि यस क्षेत्रको भौगोलिक सहजता अनुसारको गाडिहरु डिजाइन गरेको छ । जस्तै हाम्रो शोरुममा भएका डस्टर, क्विड दुवै गाडि यसरी बनाएको छ की ग्राउण्ड क्लिरियन्स हाइ छ । नेपालमा ग्राउण्ड क्लिरियन्स हाइ भएन भने धेरै जोखिम मोल्नुपर्ने बाध्यता हुन्छ । र हामीले कुनैपनि गाडिको फिचरमा कप्रोमाइज गरेको छैन् । जसमा टच स्क्रिन, पावर इन्जिन, हाइवे माइलेज, हिल एसिस्ट, सर्भिस सेन्टरहरु साथै अन्य थुप्रै विशेषता यसका आकर्षण हुन् । जसमा लोभ्याउने युरोपियन फ्रेन्च डिजाइन, टच स्क्रिन, पावरफुल ईन्जिन, उत्कृष्ट माइलेज, स्पेसियस तथा लग्जरियस इन्टेरियर, अफ रोडिनको लागि हिल स्टार्ट एसिस्टन्स र फोर ह्यइल ड्राइभ, अटोमेटिक एल इ डी हेड ल्याम्प, पुस बटन स्टार्ट, रियर पेसेन्जर एसी, अटोमेटिक क्याइमेट कन्ट्रोल, प्रिमियम सेफ्टी फिचर्स वीथ एयर ब्याग्ज र ब्रेक एसिस्टहरुका साथै अन्य थुप्रै विशेषता यसका आकर्षण हुन । ग्राहकवर्गलाई ध्यानमा राखेर विस्व स्तरीय कार सोरुम र साथै सभिर्सिङ र स्पेयर पार्टस एउटै छाना मुनि समयमै उपलब्ध गराइन्छ ।
बैंकीङ क्षेत्रको कर्जा नीतिले अटो बजारलाई कस्तो प्रभाव पार्छ के लाग्छ तपाईलाई ?
बैंकले ल्याउने कर्जा नीतिले अटो बजारालई केही हदसम्म भएपनि संकुचनमा भने राखेको पाइन्छ । मानिसले फुल्ली पेमेन्ट गरेर गाडि चढ्न चाहँदैन । विजनेस पर्सनहरुको हकमा त झनै यो लागू हुन्छ । त्यसकारण अब राज्यले नै नीति बनाउँदा बैंकीङ प्रणाली मार्फत सफ्ट लोनको व्यवस्था गरी अटो बजारलाई उत्साहि बनाउन तर्फ लाग्नु पर्दछ ।
रेनोको बजारमा कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
रेनो ब्राण्डको हाल डस्टर, क्विड, क्याप्चर, लजिक गरी चार वटा गाडि हामीसँग उपलब्ध छन् । यिनमा पनि हामीले प्रत्येक वर्ष एक नयाँ गाडि लञ्च गर्ने योजनामा छौं । सेल्स, सर्भिस र स्पेयर्स तीन वटा सेवा हामीले एकै स्थानबाट दिँदै आएका छौं । विशेषत अबको दिनहरुमा कस्टमर सर्भिस मुख्य प्राथमिकतामा राखेर काम गर्ने छौं । ग्राहकको सुविधालाई ध्यान दिँदै चाहिने सम्पूर्ण स्पेयर्स पार्टस् यहीँबाट नै उपलब्ध गराउने तयारीमा छौं । ग्राहकलाई थप सुविधा एवं चाडवाडको विशेष अवसरमा विभिन्न अफर स्किम पनि ल्याउँदै छौं । महत्वपूर्ण सुविधा दिने भनेको हामीले छिट्टै नै मोवाइल सर्भिस टोलि उपलब्ध गराउने तयारीमा जुटेका छौं ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.