www.tandavnews.com
Fact ~ In search of truth

अधिकारीद्वारा प्यानलै घोषणा (प्रतिबद्धता सहित)

पोखरा
ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघको चुनावको लागि दामु अधिकारीको नेतृत्वमा प्यानल घोषणा भएको छ । असोज ५ र ६ गते हुने संघको ३२ औं महाधिवेशनको लागि अध्यक्षको उम्मेद्वार अधिकारीले आईतबार (आज) चुनावको लागि आफ्नो समूह घोषणा गरेका हुन् ।

अधिकारीले वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्षमा (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाण्ज्यि) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल, उपमहासचिवमा सीता बराल उम्मेद्वार छन् ।
सदस्यतर्फ नारायण पौडेल, डिबि भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला, रुद्र लुईटेल रहेका छन् ।

Batas

 

प्रतिबद्धताहरुः

१. सहजता तथा आत्मसम्मानपूर्वक उद्योग/व्यवसाय गर्ने वातावरण निर्माणको लागि क्रियाशील रहनेछौं ।

२. पोखरा उद्योग वाणिज्य संघले अंगिकार गर्दै आएको ‘सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय’को मूल मन्त्रलाई आत्मसात गर्दै समग्र पोखराको आर्थिक उन्नयनमा हातेमालो गर्नेछौं ।

३. संघ, प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय गर्दै व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधान एवं आर्थिक उत्थानका निम्ती साझेदारीको लागि प्रयत्नशील रहनेछौं ।

४. गण्डकी प्रदेशको केन्द्र पोखरालाई कृषि, पर्यटन र साना तथा मझौला उद्योगको हब बनाउँदै आत्मनिर्भर अर्थतन्त्र सहित यहाँका उत्पादनहरुको राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजार बिस्तारको अभियान संचालन गर्नेछौं ।

५. पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको शिक्षा, स्वास्थ्य र पर्यटनको शहर भन्ने मूल नारालाई व्यवहारिक कार्यान्वयन गर्ने जमर्को गर्नेछौं ।

६. उद्योगी/व्यवसायीहरुको प्रतिष्पर्धी क्षमता विकास गर्न आवश्यक पर्ने तालीम, गोष्ठी तथा अवलोकन भ्रमणहरुको व्यवस्थापनमा खट्नेछौं ।

६. पोखरा उद्योग वाणिज्य संघलाई साना÷ठूला लगानीकर्ताहरुको साझा मञ्च बनाउँदै संघका सेवाहरुलाई प्रविधिमैत्री तथा द्रूत सेवाको अवधारणा अनुरुप विकास गर्नेछौं ।

७. प्रशासनिक तथा कर प्रशासनबाट यदाकदा ब्यहोर्नु पर्ने समस्याको मुकाबला गर्न सदैव तत्पर रहनेछौं । व्यवसायीको दैनिक जीवनमा आइपर्ने समस्या समाधानको लागि हामी २४सै घण्टा उपलब्ध हुने प्रतीज्ञा गर्दछौं ।

८. अन्तर्राष्ट्रिय सहरको स्वरुप ग्रहण गर्दै गरेको पोखराको समग्र विकासको लागि पैरवी र दवाबमूलक कार्यलाई निरन्तरता दिनेछौं ।

९. सरोकारवाला संस्था तथा निकायसँग समन्वय गर्दै पोखरालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न क्रियाशील रहनेछौं ।

१०. समग्र पर्यटन प्रवद्र्धनका निम्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पोखरालाई पर्यटकीय शहरका रुपमा चिनाउनका लागि सेतुको भूमिका निर्वाह गर्नेछौं ।

११. वर्तमान परिवेशमा तीनै तहका सरकारले तोकेका करका कारण उद्योगी व्यवसायी र आम नागरिकमा परेको नकारात्मक प्रभाव तथा नैराश्यतालाई मध्यनजर गर्दै सरकारले तोकेका करहरुलाई पुनर्विचार गर्न गराउनका लागि यथासक्य प्रयास गर्नेछौं । साथै आवश्यक परेको खण्डमा आम उद्योगी व्यवसायी र जनसमर्थनसहित दबाबमुलक कार्यक्रमसमेत सिर्जना गर्न पछि पर्ने छैनौं ।

१३. वर्तमान कार्यसमितिले अगाडि सारेको पोखराको खानेपानी परियोजनासँग जोडिएको मर्दी मुहान सुद्धीकरण परियोजना र पोखराको सडकमा सौर्य बत्ती जडानलगायतका परियोजनाहरुलाई निरन्तरता दिन प्रतिवद्ध छौं ।

१४. गण्डकी प्रदेशको राजधानी पोखरामा आन्तरिक तथा बाह्य क्षेत्रका लगानी भित्र्याउन हामी निरन्तर क्रियाशील रहनेछौं र राज्यसँग सहकार्य गरी लगानीमैत्री वातावरण तय गर्न लागि पर्नेछौं ।

१५. पोखराकोे समग्र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई समयमा नै सम्पन्न गर्नका लागि खबरदारी गर्दै प्रदेशभित्रका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको काम समयमा गराउनका लागि निजी क्षेत्रबाट समन्वय गरिरहनेछौं ।

१६. प्रदेशस्तरको औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्नेछौं ।

१७. पोखराले अन्तर्राष्ट्रिय शहरको स्वरुप ग्रहण गरिरहँदा यहाँ भइरहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गराउनका लािग स्थानीय सरकारसँग सहकार्य र समन्वयमा निरन्तर लागिरहनेछौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.