www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युथ प्रदेश ४,का अध्यक्ष रुद्रले दिए राजीनामा

पोखरा
ताण्डव न्यूज ।

नेपाल दशनामी युथ प्रदेश नं. ४ का अध्यक्ष रुद्र गिरीले राजीनामा दिएका छन् । अध्यक्ष गिरीले केन्द्रका कारण आफ्नो प्रदेशमा काम गर्ने वातावरण सिर्जना नभएको भन्दै भदौ १७ गते नेपाल दशनामी युथ केन्द्रीय कार्यालय काठमाडौंलाई राजीनामा दिएको ताण्डव न्यूजलाई बताए ।

‘मैले काम गर्नु पर्छ भनेर पटक पटक केन्द्रमा कुरा मात्र होइन पत्र समेत पेश गरे,’ उनले भने, ‘पाँच महिनासम्म पनि कुनै जवाफ आएन । पदमा बसेर मात्र हुँदैन काम पनि गर्नु पर्छ भन्ने सोचको मान्छे हुँ म । मलाई दशनामी युथ केन्द्रको काम मन परेन ।’

Batas

केन्द्रीय कार्यालयले सोच अनुसारको काम नगरेको भन्दै गिरीले गुनासो पोखे । ‘केन्द्रले पद दियो तर काम गर्ने वातावरण दिएन्,’ उनले भने, ‘मलाई मेरो समुदाय र नेपाल दशनामी समाजको हितको लागि काम गर्न पद नै चाहिँदैन । मैले शैक्षिक क्षेत्रमा समाजलाई सेवा गर्दै आएको छु र गर्ने छु ।’

नेपाल दशनामी युथ समाज प्रदेश नं. ४ का अध्यक्ष रुद्र गिरीले पेश गरेकाे राजीनामा पत्र 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.