www.tandavnews.com
Fact ~ In search of truth

जुवा खालबाट ९ जना पक्राउ

संजय रेग्मी
पर्वत/ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय पर्वतले लुकुछिपी तास खेल्दै गरेको अवस्थामा पर्वत सदरमुकाम कुश्माबाजरको दुुर्लुङचोकबाट ९ जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो १ बजे कुश्मा नगरपालिका वडा नं. ७ दुर्लुङचोक स्थित कृष्णप्रसाद सुवेदीको घरमा अम्बे पुनले संचालन गर्दै आएको लेस्पार होटलबाट नगद २७ हजार ६ सय ८० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

Batas

गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको टोलीले जुवा खेलीरहेकाहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोदी गाउँपालिका वडा नं. ४ का विकास पुन, मेख बहादुर पुन, हरि पुन, बल बहादुर पुन, अम्बे पुन कुश्मा नगरपालिका वडा नं. ७ का महेन्द्र पुन, ओम पुन जलजला गाउँपालिका वडा नं. ६ का मिन बहादुर चोचाङ्गी, वडा नं. ९ का मिन बहादुर पुन छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत दफा १ सय २५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत मुद्दा चलाएर आज नै जिल्ला प्रशासन कार्यालय पर्वतमा पेश गरिएको पनि प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.