www.tandavnews.com
Fact ~ In search of truth

असोजको पहिलो साताभित्र सबै कानून : सभाध्यक्ष तिमिल्सिना

संजय रेग्मी
पर्वत/ताण्डव न्यूज ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले असोजको पहिलो साताभित्र संघीय संसदका दुवै सदनले मुलुकी ऐन सम्बन्धी सबै कानून बनाई सकिने बताएका छन् ।

पर्वतको फलेबास नगरपालिका–४, मुडिकुवा स्थित माटेदेबल जनसहयोगी प्राविधिक तथा व्यवसायिक विद्यालयमा निर्माण भएको नयाँ भवनको उद्घाटन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

Batas

उनले संघीय संसदको मुख्य काम नै मुलुकका तीन वटै तहका लागि आवश्यक कानूुन निर्माण गर्ने भएको चर्चा गर्दै अहिले कानून अभावमा देखिएका विभिन्न समस्याहरु कानून आए सँगै समाधान हुने विश्वास पनि व्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै, अध्यक्ष तिमिल्सिनाले मुलुकभित्रै रोजगारी सृजना गरि युवालाई विदेशीनुपर्ने बाध्यता अन्त्य गर्नु राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गरे ।

मुलुकमा रोजगारी सृजना गर्नका लागि व्यवसायिक शिक्षा विना सम्भव नरहेको पनि उनको भनाई थियो । रोजगारी सृजना गर्ने राष्ट्रिय चाहना भएको भएपनि व्यवसायिक शिक्षाको अभावको कारण राष्ट्रिय चहाना पूरा हुन नसकेको सुनाए ।

नेपाल कृषि प्रधान मुलुक भएर पनि कृषि क्षेत्रमा नै रोजगारीका अवसरहरु निर्माण हुन नसक्नु दुःखको कुरा भएको अध्यक्ष तिमिल्सिनाले भने । कृषिलाई व्यवसायिकरण गर्ने हो भने मुलुक आत्मनिर्भर र सम्पन्न बन्न सक्ने तर्क गर्दै उनले रोजगारीका लागि विदेश जान लाम लाग्ने जनशक्तिलाई कृषिमा व्यवसायिक बनाउन कृषि विषय अध्यापन गराउने शिक्षण संस्थाहरुले बढी भूमिका खेल्न सुझाव दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.