
संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।
गएको आर्थिक वर्ष २०७४/०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पर्वतबाट विभिन्न आरोपमा ८३ ओटा उजुरी परेको पाईएको छ ।
आयोगले सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालयका उपसचिव पिताम्बर भण्डारीले उजुरीका बिषयमा जानकारी दिएका हुन । आयोगमा परेका उजुरीमध्ये सबै भन्दा बढी स्थानीय तह र शिक्षा क्षेत्रसंग सम्बन्धित ११÷११ ओटा उजुरी परेका छन ।

शिक्षा सम्बन्धि उजुरीहरुहरुमा नियम विपरित शिक्षक नियुक्ती गर्ने गरेको, शिक्षण अध्यापन अनुमति नभएकालाई समेत शिक्षकको रुपमा नियुक्त गरेको, विद्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको जस्ता उजुरी परेका छन् ।
स्थानीय तहमा परेका उजुरीमा स्थानिय तहले सडक निर्माण गर्दा २ हजार रुपैयाँ प्रतिघण्टाका दरमा एक्साभेटर लिएपनि ३ हजार रुपैयाँ प्रतिघण्टाका दरमा सम्झौता गरि भ्रष्टचार गरेको, ३ घण्टा भएको कामलाई ६ घण्टाको बिल बनाएर भ्रष्टचार गरेको, प्रमुख प्रशासकीय अधिकृतले नक्कली बिल बनाएर भुक्तानी दिने गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको तथा एक वर्ष अघि बनाएको बाटोलाई अहिले बनाएको भन्दै बिल मिलाएर मिलेमतोमा भ्रष्टचार हुने गरेको लगायत छन् ।
यस्तै, वन उपभोक्ता समिति, ग्रामिण विद्युतीकरण, खोनपानी तथा सिंचाई आयोजनाहरुमा भ्रष्टाचार भएको, सडक कालोपत्रे गर्दा भ्रष्टाचार गरेको लगायतका उजुरी पनि अख्तियारमा परेका छन् ।
आयोगमा परेका कुल उजुरीमध्ये ६५ प्रतिशत अर्थात ५४ वटा उजुरीको फछ«र्योट भैसकेको छ । चालु आर्थिक बर्षको डेढ महिनामा गत वर्षको जिम्मेवारी सरेका सहित ३३ ओटा प्रारम्भिक छानबिन र ४ वटा उजुरीमा विस्तृत अनुसन्धान भइरहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.