www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन म्याग्दीमा शर्मा

म्याग्दी (रासस)

नेपाल प्रेस युनियन म्याग्दीको आइतबार बेनीमा सम्पन्न सातौँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट राकेश शर्माको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

युनियनको उपसभापतिमा अङ्कित पुन र रञ्जना श्रेष्ठ, सचिवमा साधन राम्जाली, सहसचिवमा सावित्री सुवेदी र कोषाध्यक्षमा गणेश गुरुङ निर्वाचित भएका छन । सदस्यमा अमित गर्बुजा, सुशीलकुमार थकाली, सम्झना राम्जाली, अनिल पौडेल र सुजता खत्री चयन भएका छन ।

Batas

अधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले गरेका थिए । उद्घाटनका क्रममा बोल्दै नेता केसीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सरकारद्वारा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.