www.tandavnews.com
Fact ~ In search of truth

स्याङयोङ गाडीको नयाँ शाे रुम पोखरामा

पोखरा ।

स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु भएको छ । नेपालका लागि एक मात्र आधिकारिक वितरक तथा आइ.एम.एस गु्रप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ.एम.एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको हो ।

आफ्नो स्थापनाको अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल अफर’ ल्याएको छ । यस अफर अन्र्तगत पोखरामा रहेका स्याङयोङका ग्राहकहरुलाई लक्षित गरि खरिद मूल्यमा रु ५ लाख सम्मको छुटको व्यवस्था गरिएको छ ।

Batas

यस्तै, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्यामसँग ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्ज सहित ३ वर्षको वारेन्टी (६०,००० किमी सम्म ),सुलभ इ एमआइ, १ बर्षको निशुल्क रोड ट्याक्स ,१ बर्षको निशुल्क बिमा, ५ बर्षको निशुल्क सर्भिसिङग र निशुल्क एक्स्यासरिज (रु २५००० सम्म )को सुविधा पनि उपलब्ध गराउने भएको छ ।

आफ्ना ग्राहकहरुले गरेको विश्वास प्रति आभार प्रकट गर्दै पोखरामा पनि कोरियन लक्जरी एस.यु.भी सुविधा प्रदान गर्न पाउँदा खुशी लागेको आइ.एम.एस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले बताए ।

मल्होत्राका अनुसार स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिन्न र उन्नत एस.यू.वी ब्रान्ड ओटोमोबाइलको निर्माता हो । स्याङयोङ, कम्पनीको गुणस्तरका कारण स्थापना बर्ष १९५४ देखि नै उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको उनले बताए ।

‘कम्पनि संग लक्जरी कारहरू, एस.यू.वी हरू, पिकअप ट्रकहरू पनि छ, उनले भने, कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात गर्दै आईरहेको छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.