www.tandavnews.com
Fact ~ In search of truth

गुण्डा नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ

सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिन भित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधबार ( हिजो ) बस्नेतलाई सूचना पाएको तीन दिन भित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो । आदेशसँगै सूचना पाएको तीन दिन भित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो ।

Batas

बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमान सिंह बस्नेतले बुधबार (हिजो )सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकीकरणको रिट निवेदन दायर गरेका थिए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरी गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा राखेको थियो । गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।       रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.