www.tandavnews.com
Fact ~ In search of truth

ईश्वरीको ‘आयो दशैं आयो तिहार’ गीत सार्वजानिक

पोखरा,
ताण्डव न्यूज ।

नवगायक एवं युवा व्यवसायी ईश्वरी पाण्डेले दशैंको गीत सार्वजानिक गरेका छन् ।

‘आयो दशैं आयो तिहार’ नामक गीतमा पाण्डेलाई काजल गुरुङले स्वरमा साथ दिएकी छन् भने रेशम निर्दोषको पनि आवाज सुन्न सकिन्छ । गीतमा प्रसाद खप्तरी मगरले शब्द, लय संकलन गरेका छन् ।

Batas

चर्चित निर्देशक शिव विकले निर्देशन गरेको भिडियोमा गायक ईश्वरी र गायिका काजोलको अभिनय देख्न सकिन्छ ।

शम्भु चालिसेले खिचेको भिडियोलाई रमेश रसाइलीले सम्पादन गरेका छन् । गीतलाई याक मनोरञ्जन प्रालिले बजार व्यवस्थापन गरेको छ ।

गीतले राम्रो प्रतिक्रिया पाइरहेको गायक ईश्वरी पाण्डेले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.