www.tandavnews.com
Fact ~ In search of truth

मुनाल सहकारी र आरोग्यधाम होमियोप्याथिक हस्पिटल बिच सम्झौता

पाेखरा ।

कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा इन्द्रचोक रंगशाला नजिकै रहेको आरोग्यधाम होमियोप्याथिक हस्पिटल तथा पंचम आयुर्बेद क्लिनिक बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

बिहिबार एक समारोह बिच दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद हुमागाई र आरोग्यधाम होमियोप्याथिक हस्पिटल तथा पंचम आयुर्बेद क्लिनिकको तर्फबाट अध्यक्ष डा बिष्णु प्रसाद चापागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Batas

यो सम्झौतापछि मुनाल सहकारीका सम्पूर्ण सेयर सदस्य तथा सदस्यका परिवार र सहकारीका कर्मचारीले आरोग्यधाम होमियोप्याथिक हस्पिटल र पंचम आयुर्बेद क्लिनिकबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १२ प्रतिशत देखि अधिकतम २५ प्रतिशत सम्म छुट सुविधा प्राप्त गर्न सक्ने पंचम आयुर्बेद क्लिनिकका अध्यक्ष विशना शर्मा चापागाईले बताइन ।

आयुर्बेदिक र होमियोप्याथिक क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा,फिजियोथेरापी,पिनास,प्यारालाइसिस, प्राकृतिक उपचार सेवा, आधुनिक ल्याव, पायल्स फिष्टुला,फिसरको अपरेशन, फार्मेसी सेवा प्रदान गरिरहेको हस्पीटलको यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य,कर्मचारी र सेयर सदस्यका परिवार लाभान्वित हुने मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.