www.tandavnews.com
Fact ~ In search of truth

कास्की सम्हालेका दुई प्रहरी अधिकृत डिआइजीका लागि सिफारिस

अर्जुन गिरी
पाेखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्की सम्हालेका दुई प्रहरी अधिकृत डिआइजी पदमा बढुवाका लागि सिफारिस सूचिमा परेका छन् । एसएसपी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल डिआईजी पदको लागि बढुवाको सूचिमा परेका हुन् ।

नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक पद संख्या ११ मा बढुवा गर्न बसेको बढुवा समितिको बैकठले असोज २० गते उनीहरुको नाम सिफारिस गरेको हो ।

Batas

क्षेत्री र पालसहित एसएसपी बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्ण चन्द्र जोशी, तारिणीप्रसाद लम्साल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्याय डिआइजी पदको लागि सिफारिसमा परेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.